सेक्युरिटी प्रिन्टिङ काण्डका मुख्य योजनाकार पौडेल शुक्रबार अमेरिका जाँदै

फागुन ८, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डका मुख्य योजनकार विकल पौडेल शुक्रबार अमेरिका जाने तयारीमा छन् ।
७० करोड रुपैयाँ कमिसनको बार्गेनिङ गरिरहेको फोन रेकर्ड सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएससँगै मुख्य योजनाकार मानिएका सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेलले भने अमेरिका जाने तयारी गरेका हुन् ।
सूचना प्रविधि क्षेत्रका प्रायः सबैजसो ठेक्कापट्टामा अनियमितताका मूख्य सुत्रधार रहेका सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेलले शुक्रबार अमेरिका जाने तयारीमा रहेको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ । उनले शुक्रबार अमेरिका उड्ने योजनाका साथ हवाई टिकट समेत बुक गराइसकेका छन् ।
null
सुरक्षण मुद्रणको अनियमिततामा समेत मन्त्री बाँस्कोटालाई पौडेलले नै सघाएका थिए । अहिले उनी राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्तर्गतका ठेक्का पट्टाको लेनदेनको हिसाव मिलाउन सक्रिय रहेको बुझिएको छ ।
पौडेले आफू अमेरिका जान लागेको कुरा स्वीकार गरेको बताइएको छ । उनले पुर्वनिर्धारित योजना अनुसार शुक्रबार विहान अमेरिका उड्न लाागेको जानकारी दिएका छन् ।








