कोरोना भाइरस : अस्पताल भर्ना भएका तीनैजनालाई संक्रमण नभएको पुष्टि
मकालु खबर
२०७६ फागुन २ गते
फागुन २, काठमाडौं । चीनबाट फर्किएर कोरोना भाइरस संक्रमको आशंकामा अस्पताल भर्ना भएका तीन नेपालीलाई संक्रमण नभएको पुष्टि भएको छ ।
कोरोना भाइरसको आशंकामा गत बुधबार उनीहरुलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो।
उनीहरुको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभएको पाइएको अस्पतालले जनाएको छ ।
संक्रमण नभएको पुष्टि भएपछि उनीहरुलाइृ डिस्चार्ज गरिएको अस्पताल श्रोतले जानकारी दिएको छ ।
मकालु खबर
२०७६ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित