घरको छतबाट खसेर हङकङमा नेपाली युवतीको मृत्यु

फाेटाे फाइल 

फागुन १३, काठमाडौँ । हङकङमा घरको छतबाट खसेर एक नेपाली युवतीको मृत्यु भएको छ ।  शनिबार अपरान्हको समयमा  ती युवतीको  एक निजि आवाशिय भवनको ७ तला अग्लो छतबाट खसेर मृत्यु भएको हो ।   

मृत्यु हुनेमा सुनसरीको धरानस्थित भिक्टोरिया चौक घर भएकी अन्दाजी २७ वर्षिय  बृषिका राई रहेकी जानकारीमा आएको छ । 

घटनाको प्रत्यक्षदर्शीहरुको अनुसार घरको सात तलामाथिको छतमा आत्महत्याको प्रयास गरिरहेको देखेपछी उनको उद्धारको लागि प्रहरीलाई खबर गरिएको थियो । पछी प्रहरी र  उद्दारकर्मीले सम्झाई बुझाई गरेपछी उनी सुरक्षित स्थानमा फर्कन राजी भएकी थिईन् । तर फर्कने  क्रममा अचानक सन्तुलन गुमेपछि उनी खसिन् । 

खस्दा उनको टोउको  सडकमा  बजारिएको थियो । उनलाई तत्कालै उपचारका लागी रोतोन्जी अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरे ।   

प्रहरीले आत्महत्याको रहस्य बारे अनुसन्धान शुरु गरेको छ । उनलाई चिन्ने नजिकका व्यक्तिहरुले उनी डिप्रेसनकाको शिकार भएको बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 11 =