‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’
२०७६ फागुन १७ गते

फागुन १७, बैतडी । रास्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ गाउँपालिका स्तरीय दोश्रो रास्ट्रपति रनिङ सिल्ड सुरु भएको छ ।
प्रतियोगितामा बैतडीको सुर्नया गाउँपालिका भरीका ९ स्कुलले सहभागिता जनाएका छन् ।
सुर्नया गाउँपालिका खेलकुद संयोजक एबम सुर्नया ३ वार्ड अध्यक्ष दिलाराम भट्टको सभाध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अथिती सुर्नया गाउँपालिका अध्यक्ष वीर बहादुर बिष्ट रहेका थिए । साथै विशिष्ट अथिती सुर्नया गाउपालिका वार्ड न ५ का अध्यक्ष केशब सिह मडै थिए ।

विविध विधामा सम्पन्न हुने उक्त रनिङ सशिल्ड उद्घाटन कार्यक्रममा सुर्नया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर चन्द, जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख तर्क राज जोशी लगायतको उपस्थिति थियो ।
२०७६ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








