कम्मरमा लुकाएर लागूऔषध भारत पुर्याउने दाउ, फन्दामा परे युवायुवती

२७ माघ, कैलाली ।  धनगढीमा प्रतिबन्धित लागूऔषध कम्मरमा लुकाएर भारत लैजाँदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।   

प्रहरीले धनगढीको गौरीफन्टा नाकाबाट लागूऔषध चरेससहित  कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय विश्वास थापा र २५ वर्षीया सीमा राना मगरलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ परेका उनीहरुको साथबाट  ४ किलो ८ सय ग्राम चरेस बरामद गरिएको छ । 

हाल उनीहरुलाई कारवाहीको लागी इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती कञ्चनपुरमा पठाइएको कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =