‘प्रेमगीत ३’ को युरोप राइट्स २३ हजार ५ सय यूरोमा बिक्यो

फागुन ९, काठमाडौँ । चलचित्र ‘प्रेमगीत ३’ को अमेरिका राइट्स पछि युरोप राइट्स बिक्री पनि बिक्री भएको छ ।
यूके र युरोपका आठ देशका लागि इनाश चलचित्र प्रर्वधन समिति ग्लोबलका संयोजक मनिष श्रेष्ठ र इनाश यूरोप कोर्डिनेटर सन्तकुमार थापा मगरले २३ हजार ५ सय यूरो (नेपाली ३० लाख) मा चलचित्रकाे युरोप राइट्स किनेको हो ।
छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा तयार भएको यस चलचित्रको युरोप राइट्स बिक्री सम्बन्धमा निर्माता तथा निर्देशक सन्तोष सेन र मनिष बीच कागजी सम्झौता समेत भईसकेको छ ।
केही दिन अगाडी मात्रै यस चलचित्रको अमेरिका राइट्स ४५ हजार डलर अर्थात नेपाली मूल्य करिब ५० लाख रुपैयाँमा बिक्री भएको थियो ।
डेढ सय वर्ष अगाडिको प्रेमकथाको बिषयमा बनाईएको चलचित्र ‘प्रेमगीत ३’ मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा क्षेत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, जीवन भट्टराई, सुजल बस्नेत, राज थापा लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र प्रदर्शन मिति भने चैत २८ गते तोकिएको छ ।








