कास्की र गोल्डेनगेट विजयी, बीएससी सीएसआईटी क्रिकेट शनिबारदेखि

फागुन १५, काठमाडौं । कास्की र गोल्डेनगेटले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेका छन् । 

आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको सानागाउँस्थित कोर्टमा कास्कीले बूढानीलकण्ठलाई ७२–६३ ले पराजित  ग¥यो । फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ राजेन्द्र पुनले २३ अंक योगदान गरे । 

कास्कीले पहिलो क्वाटरमा १८–१७ र दोश्रोमा १७–१० को अग्रता लियो । तेश्रोमा १६–१८ ले पछि परेको कास्की चौथोमा पुनः २१–१८ ले अगाडि रह्यो । 

9.JPG

फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ अभिषेक सिंहको २१ अंक सहयोगमा गोल्डेनगेटले ह्वाइटहाउसलाई ७०–५७ ले हरायो । गोल्डेनगेटले सुरुआतका दुई क्वाटर २४–१२ र १६–१५ ले आफ्नो पक्षमा पा¥यो । बाँकीका दुई क्वाटर १७–१७ र १३–१३ को समान स्थितिमा टुंगियो । 

दिनको अन्तिम खेलमा सोलो बास्केटबल नेपालले बापेकलाई ६८–३५ ले पाखा लगायो । सोलोका प्रसाङ मास्केले १८ स्कोर गरे । सोलोकै जसाङ सुनुवार फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ चुनिए । 

चौथो क्वाटर ९–९ को बराबरीमा टुंगिएको थियो भने बाँकीमा सोलो हावी रह्यो । सोलोले सुरुका तीन क्वाटरमा क्रमशः २३–१३, १९–५ र १७–८ को प्रदर्शन ग¥यो । 

बीएससी सीएसआईटी क्रिकेट शनिबारदेखि 

फागुन १५, काठमाडौं । न्यु समिट कलेजको आयोजनामा आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।   

डिफेन्डिङ च्याम्पियनले प्रतियोगिता आयोजना गर्ने प्रावधान अनुरुप न्यु समिटले प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलन न्यु समिट कलेजका प्रिन्सिपल डा। शिवदत्त ज्ञवालीले जानकारी गराए । 

पत्रकार सम्मेलनका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले विद्यालय स्तरको प्रतियोगिता प्रतिभावन खेलाडीको पहिचान गर्ने महत्वपूर्ण माध्यम भएको बताउदै आयोजकलाई प्रतियोगिता आयोजनाका लागि धन्यवाद दिए । 

प्रतियोगितामा १३ छात्र टिमको सहभागिता रहने छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने न्यु समिटका निर्देशक तथा प्रतियोगिता संयोजक चोकराज दबाडीले जानकारी दिए ।   

समूह ‘ए’ मा न्यु समिट, भक्तपुर बहुमुखी क्याम्पस र सेन्ट जेभियर्स, समूह ‘बी’ मा बिमा सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी, स्वस्तिक कलेज र अमृत साइन्स कलेज, समूह ‘सी’ मा हिमालयन कलेज अफ इन्जिनिएरिङ, मदन भण्डारी मेमोरियल कलेज, सेन्ट लरेन्स र पाटन बहुमुखी क्याम्पस तथा समूह ‘डी’ मा प्राइम कलेज, एकेडेमिया इन्टरनेसनल कलेज र नेपालय रहेका छन् । 

विजेताले ६० हजार र उपविजेताले ४० हजार नगद पुरस्कार पाउने छन् । फागुन २८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु मुलपानी क्रिकेट मैदानमा खेलाइने छ । पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी, महासचिव प्रज्ज्वल ओली, हिमालयन कलेजका प्रिन्सिपल किशोर गौतमलगायतको उपस्थिति थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *