बामरोल लुब्रिकेन्ट नेपाली बजारमा

फागुन ९, काठमाडौं । १ सय ५३ वर्ष पुरानो र भारत सरकारको स्वामित्वमा रहेको कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा भित्रिएको छ ।   

भारतको बामर लरी एन्ड कम्पनी लिमिटेडद्वारा उत्पादित यस लुब्रिकेन्टलाई नेपालमा कन्काई आयल सप्लायर्सले नेपाली बजारमा भित्राएको हो ।   

बिहीबार एक कार्यक्रम गरी  बामर लरी एन्ड कम्पनीका चिफ अपरेटिङ अफिसर श्रीजित बेनर्जी र रिटेल सेल्सका भाइस प्रेसिडेन्ट आरके सिंह, कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयल, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र निवर्तमान अध्यक्ष दीपक खड्काले संयुक्त रुपमा बामरोल लुब्रिकेन्ट सार्वजनिक गरेका हुन् ।   

 सार्वजनिक कार्यक्रममा बेनर्जी र सिंहले बामरोल लुब्रिकेन्टको प्राविधिक पक्ष र यसको गुणस्तरीयता तथा भारत लगायतका देशमा यसको बजारको अवस्थाबारेमा जानकारी दिएका थिए ।   

बेनर्जीले ग्रुप टु बेस आयलबाट बनेका लुब्रिकेन्ट र ग्रिज भएका तथा कमिन्स यूएसए र भल्वो स्विडेनबाट प्रमाणित भएकाले बामरोल लुब्रिकेन्ट आफैमा गुणस्तरीय र प्रतिष्ठित भएको बताए । उनले यी लुब्रिकेन्ट तथा ग्रिजमा १० विशेषता भएका डेकाट्रोल टेक्नोलोजी प्रयोग गरिएको बताए । सिंहले यो वर्ष भित्रै नेपालका सबै रिटेल पसल र मेकानिक्स वर्कसपहरुमा बामरोल लुब्रिकेन्ट उपलब्ध हुने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *