विमानस्थलबाट ५८ विद्यार्थी फर्काइएकोप्रति इक्यानको गम्भीर ध्यानाकर्षण

फागुन १४, काठमाडौं । विमानस्थलबाट ५८ जना विद्यार्र्थी फर्काइएको समाचारप्रति नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को गम्भीर ध्यानाकर्षण भएको छ ।   

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले एक विज्ञप्ति जारी गर्दै उच्च शिक्षाका लागि अध्ययन गर्न जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट शिक्षा मन्त्रालयले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) आशयपत्र गलत भएको आशंकामा ५८ जना विद्यार्थी फर्काइएको समाचारप्रति आपत्ति जनाएको हो  ।   

इक्यानले शिक्षा मन्त्रालय र अध्यागमन विभागबीच आवश्यक समन्वय नभएको स्पष्ट पार्दै विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ती दिन जोडदार माग गरेको छ ।   

विज्ञप्तिमा भनिएको छ, सरकारी निकायको समन्वयात्मक व्यवस्थापन कमजोरीका कारण यात्रा गर्न नपाई मर्कामा परेका विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ती दिन जोडदार इक्यान जोडदार माग गर्दछ ।   

शिक्षा मन्त्रालयले ध्यान नदिँदा निर्दोष विद्यार्थीले समस्या भोग्नु परेको इक्यानले स्पष्ट पारेको छ । ‘शिक्षा मन्त्रालयले ध्यान नदिँदा केही दलाल तथा बिचौलियाहरुले यसको फाइदा उठाउँदै नक्कली कागजात बनाएर सोझासाझा विद्यार्थीलाई फसाएको प्रष्ट हुन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।   

यस्तै, इक्यानले घटनाका दोषीलाई कडा कारबाही तथा तथा नर्दोष विद्यार्थीको क्षति भएको हवाई टिकट वापतको रकम निज वा निजले तोकेको परिवारको सदस्यमार्फत् क्षतिपुर्ति दिलाउन सम्बन्धित सरकारी निकाय समक्ष माग गरेको छ ।   

विज्ञप्ति :   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =