सुनको भाउ घट्यो, चाँदीको स्थिर

माघ २८, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार प्रतितोला ७६ हजार रुपैयाँले बिक्रीबितरण भएको छापावाल  आज प्रतितोला ७५ हजार ९ सय रुपैयाँले बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।   

महासंघका अनुसार सोमबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँले बिक्रीबितरण भएको तेजाबी सुन  आज प्रतितोला ७५ हजार ६ सय रुपैयाँले कारोबार भईरहेको छ ।   

Image result for सुनको भाउ घट्यो

सोमबार प्रतितोला  ८ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *