अन्तर कर्पोरेट फुटसल टुर्नामेन्ट २०२० शनिबारबाट सुरु

फागुन १६, विराटनगर । अन्तर कर्पोरेट फुटसल टुर्नामेन्ट २०२० शनिबारबाट सुरू हुने भएको छ । “व्हाट ईज लाईफ  वीतआउट गोल” भन्ने  मूल नाराका साथ टुर्नामेन्ट सुरू हुन लागेकाे हाे ।  

नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मलेनमा टुर्नामेन्ट हुने जानकारी गराएको हाे । फागुन १७ गते शनिबारदेखि विराटनगर २ स्थित द स्पोर्टस हवमा संचालन हुने अन्तर कर्पोरेट फुटसल टुर्नामेन्टका संयोजक शुभम भट्टराईले जानकारी दिए । 

उनका अनुसार सो खेलमा विराट मेडिकल कलेजका २ टिम, तुलसी मोटर्स निशान मोटर्स, आकृति ड्रग हाउस, पि. एल. ओ. लुव्रिकेन्टस, फुजिमा आयल, सिटिजन वैंक लि., मारवाडी युवा मंच, एम.आर.एफ.सी र होण्डा मोटर्स लगायतका बाह्रवटा टिमले सहाभागिता जनाउने छ । 

लिग अन्तर हुने खेलमा एक टिममा पाँच खेलाडी हुनेछ भने तीन अतिरिक्त खेलाडी गरी आठ जनाको सहभागिता रहने भट्टराईले बताए  । प्रत्येक टिमले दुई खेल खेल्नेछन् जस्मा विजयी टिम क्वाटर फाईनलमा जानेछ । 

खेल अवधिमा खेलाडी घाईते हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोजकले प्रत्येक खेलाडीलाई एक लाखको विमाको व्यवस्था गरिएको छ ।   

 सो प्रतियोगिताको बिजेता टिमलाई एक लाख नगद पुरस्कार प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद पचास हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । एकहप्ता सम्म संचालन हुने खेलमा लिग अन्तर्गत एक दिनमा चार खेल  क्वाटरमा फाइनलमा दुई खेल हुनेछ । उक्त खेलको फाईनल खेल आगामी २४ गते शनिबार हुनेछ ।   

साथै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ । युवा उद्यमी तथा व्यापारीलाई खेलको माध्यमबाट एक शुत्रमा बाँध्ने उद्देश्यले उक्त खेल संचालनमा ल्याएको संयोजक भट्टराईले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *