आइसीसी विश्वकप क्रिकेट लिग टू : नेपाल ओमानसँग दोश्रो पटक पराजित

माघ २६, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टू आन्तरगत आइतबार भएको खेलमा नेपाल पराजित भएको छ ।   

योसँगै नेपाल ओमानसँग दोश्रोपटक पराजित भएको हो । ओमानले नेपाललाई ८ विकेटले पराजित  गरेको हो । 

पहिले ब्याटिङ गरेर २४९ रन बनाएको नेपालको बलिङ नसुध्रिएपछि  घरेलु मैदानमा नेपाल पराजित हुन पुग्यो ।   

उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक प्रेरित नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । जुन एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)  क्रिकेटमा नेपालको दोस्रो ठूलो स्कोर हो । तर घरेलु मैदानमै ओमानलाई भने नेपालले हराउँन सकेन ।   

यसैबीच २५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका करण केसीले पहिलो ओभर मेडन गर्दै नेपालको लागि सुखद शुरुवात गरे ।  

तर त्यसपछि ओमानले उत्कृष्ट ब्याटिङ गर्‍यो । १० ओभरको पावरप्लेमा ओमानले कुनै विकेट नगुमाई ४१ रन जोडेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *