चुम्बन गर्दा स्वास्थ्यमा पुग्ने यी फाइदाहरु

फागुन १३ ।  चुम्बन प्रेम साटा साट गर्ने एक माध्यम हो वा पैम ब्यक्त गर्ने सबैभन्दा प्रभावकारी तरिका हो । चुम्बनका धेरै फाइदा छन् । चुम्बनले शब्दबिना भाव सञ्चार गर्दछ । चुम्बन मायाको एक कला हो । यसलाई कसरी रचनात्मक बनाउने भन्ने कुरा तपाईंमा भर पर्छ ।   

प्रेम जोडीहरु चुम्बनलाई एक यस्तो रसायन मान्छन् जसले दुई युवायुवतीलाई एकाकार बनाउँछ । बीबीसी हिन्दी अनलाइनको एक लेखमा उल्लेख छ, ‘जब हामी कसैलाई चुम्बन गर्छौं, तब एक चुम्बनको क्रममा करीब ८ करोड ब्याक्टेरिया आदन-प्रदान हुन्छ । यसमा सबै ब्याक्टेरिया हानी पुर्‍याउने मात्र हुँदैन ।’   

 चुम्बन गर्दा स्वास्थ्यमा पुग्ने  यी फाइदाहरु 

१. सम्बन्ध गाढा पार्छः ओंठमा चुम्बन गर्दा एक आपसमा प्रेम बढ्छ । चुम्बन गर्दा उत्पादन हुने अक्सिटोसिन हर्मोनले सम्बन्ध गाढा पार्न मद्दत गर्छ । 

२. यौन आनन्द बढाउँछः चुम्बन यौन सम्बन्धको अभिन्न पाटो हो । यसले तपाइँको यौन क्रिडालाई चुम्बनले अझै प्रभावकारी बनाउँछ । किस गर्दा झनै बढी आनन्द आएको महसुस हुन्छ । 

३. रोग निदान गर्छः चुम्बन गर्दा धुक पैदा हुन्छ । यसले शरीरमा रोगसँग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । नियमित सेक्स गर्दा स्वास्थ्य राम्रो हुन्छ । 

४. खुसी राख्छः चुम्बन गर्दा शरीरमा भएका एन्डोफिन्स र एन्डोर्फिन्स बाहिर निस्किन्छ र यसले मानिसलाई खुसी राख्न सहयोग गर्छ । यदि तपाइँ उदास हुनुहुन्छ भने चुम्बन गर्दा स्वास्थ्यमा पनि राम्रो गर्छ । 

५. दुखाइ र पीडा कम हुन्छः चु्म्बन गर्दा शरीरबाट एक प्रकारको पदार्थ निस्किन्छ जसले दुखाइ र पीडा कम गर्न मद्दत गर्ने विशेषज्ञहरु बताउँछन् । टाउको दुखेको समयमा समेत चुम्बन गर्दा दुखाइ कम हुने उनीहरुको दावी छ । 

६. स्ट्रेस घटाउँछः तपाइँलाई दिक्क लागेको छ वा थकाइ लागेको छ भने चुम्बन त्यसलाई कम गर्ने सरल विधी हुन सक्छ । शरीरमा रहेको कोर्टिशोल नामक पदार्थ चुम्बनको समयमा बाहिर निस्किने हुँदा यसबाट शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । त्यतिमात्र होइन यसले मस्तिस्कलाई स्वस्थ राखेर दिक्कपना र स्ट्रेस हटाउन मद्दत गर्छ । 

७. मोटोपन घटाउँछः चुम्बन गर्दा पसिना आउने हुन्छ । पसिना आउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । हुन त चुम्बनकै कारण त्यति धेरै क्यालोरी खर्च हुँदैन तर यसले मोटोपन घटाउन केही न केही मात्रामा भएपनि सहयोग गर्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *