बच्चालाई जङ्क फूड खुवाउँदा मधुमेहको जोखिम

माघ २९ ।  मधुमेह रोग विशेषज्ञ ज्योति भट्टराईले नेपालमा कम उमेरमै मधुमेह हुने बिरामीको सङ्ख्या पछिल्लो समय बढ्दै गएको बताउँछिन्। 

उनका अनुसार खानेकुरामा सानै बेलादेखि ध्यान नदिँदा र पर्याप्त व्यायाम नगर्दा पनि यो रोग लाग्न सक्ने जोखिम बढ्न सक्छ। 

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा मधुमेहका बिरामीको सङ्ख्या ९.१ प्रतिशत देखिएको भन्दै यसबारे सचेत रहनुपर्ने अवस्था आइसकेको उनले बताइन्। 

Image result for baby eating junk food

के मधुमेहबाट जोगिन सम्भव छ ? 

भारतमा पनि ८.४ प्रतिशत जनसङ्ख्यामा मधुमेह देखिएको छ, अमेरिकामा पनि लगभग त्यस्तै छ। हाम्रोमा चाहिँ बढी हुनु भनेको आफैँमा ठूलो समस्या हो, डाक्टर भट्टराईले भनिन्। 

पछिल्लो समय कम उमेरमै मधुमेहका बिरामीको सङ्ख्या धेरै हुन थालेकाले त्यसबाट जोगिनको लागि बालबालिकालाई जङ्क फूड को साटो प्राकृतिक कुरा खान दिने र मोबाइल तथा कम्प्युटर कम चलाउन दिनुपर्ने बताइन्। 

त्यसबाहेक बच्चालाई धेरै खानेकुरा कोच्याएर खुवाउने गरिएकाले पनि पछि गएर मधुमेहको जोखिम रहने उनले बताइन्। 

चिकित्सकलाई देखाउन कतिबेला जाने ? 

उनी भन्छिन्, ‘तीस वर्षपछि अनिवार्य वर्षमा एक पटक लक्षण नै नभए पनि डाक्टरलाई देखाउनुपर्छ। त्यसबाहेक मुख सुक्खा भएमा, आँखा धमिलो भएमा, वजन घट्दै गएमा, पिसाब लागिरहने समस्या भएमा, घाउ निको नभएमा उपचार गर्न जानुपर्छ ।’ डाक्टर भट्टराईले भनिन्। 

बेलैमा उपचार नभए मधुमेहका कारण आँखा नदेख्ने, मिर्गौला रोग, मुटुरोग लाग्ने, पक्षाघात हुने, खुट्टा काट्नुपर्ने जस्ता जटिलताहरू आउने उनले बताइन्। बिबिसीबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *