‘भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु’, प्रधानमन्त्रीको तुइन विस्तापन नाममात्र, नेपाल प्रहरीका २७ औं आइजिपी ठाकुर

माघ २९, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विविध विषयलाई उठान गरेका छन् । आज कान्तिपुर दैनिकले तुइन विस्तापनको समाचारलाई हाइलाइट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तुइन विस्तापन गर्ने अभियान चलाएपनि अझैपनि दुर्गम क्षेत्रमा तुइन विस्तापन भएका छैनन् । कान्तिपुर दैनिकले कर्णालीमा ‘तुइन तर्न सय रुपैया’ शिर्षकमा समाचार प्रकाशित गरेको छ ।   

यस्तैगरी आइजीपी नियुक्तिको समाचार पनि छ । साथमा नोवेलले एमविविएसका नयाँ विद्यार्थीलाई पढाउन अटेरी गरेको समाचार पनि छ । नागरिक दैनिकले भने नेपाल प्रहरीका २७ औं आइजिपी ठाकुर ज्ञवाली नियुक्तिको समाचारलाई प्रमुख समाचार बनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्करणमा कांग्रेस उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तीन पटक प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि हिजोबाट बैठक सुचारु हुन दिएको समाचार छ ।   

कांग्रेसले गच्छदारलाई राजनीतिक पूर्वाग्रह राखेर मुद्दा चलाइएको भन्दै संसद अवरुद्ध गर्दै आएकोमा हिजो देखि संसदको अवरोध हटाएको हो । आजको नागरिक दैनिकमा खबर छ ।   

यस्तैगरी आजको गोरखापत्र दैनिकले ‘भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु’ शिर्षकमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा दिएको मन्तब्यलाई प्रमुख समाचार बनाएको छ ।   

नेपाल एकीकरणका राष्ट्र नायक पृथ्वीनारायण शाहले ‘घूस लिन्या र दिन्याँ दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने दिब्योपदेशकै झझल्को दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो आयोगको कार्यक्रममा मन्तब्य दिइन् । समाचार अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नैतिकवान, मर्यादित र सभ्य समाजका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्नेमा जोड दिएकी छिन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गरेकी हुन् । उनले भ्रष्टाचारको बहुआयामिक दुष्चक्र नियन्त्रण नगरिँदा सार्वजनिक सेवा प्रवाह दुरुह बन्दै समुन्नतिको बाटोसमेत रोकिँदै जाने बताइन् । 

उनले राज्यबाट प्रदान गरिने सेवा, सुविधा र अवसरहरू जनताले सरल र सहज रूपमा प्राप्त गर्न तथा सरकारी एवं सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्नमा आयोगको भूमिका अझ सशक्त हुने बताइन्  उनले भनिन् “भ्रष्टाचारमा देखिएका विभिन्न पात्र र प्रवृत्तिलाई पूर्णरूपमा निरुत्साहित नगरेसम्म राज्यले अपेक्षा गरेको सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय साझा आकाङ्क्षा प्राप्त गर्न कठिन हुन्छ ।” 

यस्तै गरी सोहि कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिब्यक्तिलाई गोरखापत्रले जोडेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पक्षधरता होइन, निष्पक्षताको विषय बनाउनुपर्ने बताएका छन् ।  उनले लोकतान्त्रिक व्यवस्थामा संवैधानिक निकाय र अङ्गले निष्पक्ष एवं स्वतन्त्रतापूर्वक कार्य सम्पादन गर्ने विश्वास व्यक्त सरकारले अख्तियार आयोगलाई प्रभावित पार्ने मनसायसमेत नराख्ने स्पष्ट पारे । उनले भने “सरकार त्यस्ता कुरामा सरिक हुँदैन । कर्तव्य पालनामा निर्वाध सहयोग रहन्छ ।” 

उनले विकासको आकाङ्क्षा र स्वच्छ समाजका लागि महारोगका रूपमा रहेको भ्रष्टाचार नियन्त्रणमा सबैभन्दा पहिला आफँै प्रतिबद्ध हुनुपर्ने बताए । “म प्रतिबद्ध छु, भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ । राजनीतिज्ञ, कर्मचारी, उद्यमी, व्यवसायी सबैमा आग्रह गर्दछु, सबैखालका भ्रष्टाचार अन्त्य गर्ने प्रण गरौँ ।” ओलीले भ्रष्टाचारमुक्त, स्वच्छ, पारदर्शी समाज हामी सबैको चाहना भएको बताए  ।   

यस्तै आजको नयाँ पत्रिका दैनिकले ५५ हजार बालबालिका घरेलु बाल मजदुर रहेको समाचार प्रकाशित गरेको छ ।   

राष्ट्रिय बालअधिकार परिषद्को तथ्यांकअनुसार आर्थिक बर्ष ०७५र७६ मा मात्रै बालबालिकामाथि एक हजार ८ हिंसाका घटना भए । त्यसमध्ये एक सय १२ घटना घरेलु मजदुरमाथि भएका हिंसाका छन् । ६ बालिका त मालिकबाटै बलात्कृत भए ।  यो तथ्यांक सञ्चार माध्याममा आएका ठुला घटनालाई समेटेर मात्रै तयार पारिएकाले घरेलु कामदारमाथि हुने हिंसाका घट्ना अझ धेरै छन् । 

‘शहरका प्रत्येक पाँच घरमध्ये एकमा घरेलु मजदुर छन् । त्यसमा पनि अधिकांश बालमजदुर छन् । उनीहरू माथि कुनै न कुनै खालका हिंसा हुने गर्छ । हामीले अध्ययन गरेको त संचार माध्यममा आएका ठुला घट्ना मात्रै हुन् । त्यसैले घरेलु कामदारको संख्या र उनीहरूमाथि हुने हिंसाका घटनाको संख्या अझ धेरै छन्,’ परिषद्का प्रशासकीय अधिकृत कृष्ण भुसालले नयाँ पत्रिकासँग भने ।   

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार देशभर ५५ हजार ६५५ बालबालिका घरेलु मजदुर छन् । जबकि, कानुनले बालश्रम निषेध गरेको छ । बाल श्रम निषेधित र नियमित गर्ने ऐन–०५६ ले १४ देखि १८ बर्षसम्मका बालबालिकालाई जोखिमपुर्ण काममा लगाउन बन्देज गरेको छ । १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई त कुनै किसिमको श्रममा लगाउन नपाउने व्यवस्था छ । 

सहरिया र सम्भ्रान्त घरानामा घरेलु मजदुर धेरै छन् । हिंसाका घटना पनि यिनै घरानाभित्र धेरै हुने गरेका छन् । मालिकले श्रम शोषण, शारिरिक तथा मानसिक यातना दिने मात्रै होईन, यौन शोषण गरेका जघन्य अपराधका घटनासम्म प्रहरीमा पुगेका छन् । ‘सहरीय अधिकांश संभ्रान्त घरानाले घरेलु कामदार राख्ने गरेको पाइन्छ । त्यस्ता अधिकांश मजदुर १८ बर्षभन्दा कम उमेर समुहका छन् । उनीहरू माथि कुनै न कुनै खालको हिंसा हुने गरेको देखिन्छ,’ बरिष्ठ बालअधिकारकर्मी तारक धितालले भने ।   

त्यस्तै चीनमा रहेका नेपालीलाई उद्दार गर्न जान लागेको नेपाली विमान चालक सदस्यहरुलाई आज तालिम दिइने समाचार पनि नयाँ पत्रिकाले प्रकाशित गरेको छ ।   

चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले बुधबार तालिम दिँदै छ । ११ पुरुष र पाँच महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ तालिम दिन लागिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त ओझा नेतृत्वको टोलीले उनीहरूलाई तालिम दिनेछ । चालक दलका सदस्यहरूको नाम गोप्य राखिएको छ । त्यस्तै, बिहीबार विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ । 

सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका एक सय ८० नेपाली लिन शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । जहाजमा दुई चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ । उनीहरूसहित चीनबाट ल्याइएका नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मीलाई सोमबार डा. ओझाको टोलीले तालिम दिएको थियो । 

हेर्नुहोस आजका पत्रपत्रिकाका फ्रन्टपेज 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *