महासंघको वरिष्ठ उपाध्यक्षमा आईएमई ग्रुपका अध्यक्ष ढकालको उम्मेदवारी

फागुन १४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष पदबा लागि व्यवसायी चन्द्र ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।   

ढकालले बुधबार उपाध्यक्ष पदका लागि आफुनो उम्मेदवारीको घोषणा गरेका हुन् । ढकाल आईएमई ग्रुपका अध्यक्ष तथा महासंघको हाल एसोसिएटतर्फका उपाध्यक्ष समेत रहेका छन् ।   

उम्मेदवारीकाे घाेषणा गर्दै उनले भने, “महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ । जिल्ला नगर तथा  वस्तुगत उद्योग बाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो ।,” 

  

महासंघको आगामी चैत २८ र २९ गते काठमाडैंमा हुने ५४औं चुनावी साधारणसभा सभाले नयाँ कार्यसमिति चयन गर्नेछ। 

नयाँ बन्न लागेको कार्यसमितिको वरिष्ठ उपाध्यक्षको लागि ढकालले उम्मेदवारी घोषणा गरेका हुन्। 

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यसमितिको अध्यक्ष हुँदै छन् । र वरिष्ठ उपाध्यक्षको पदका लागि चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *