महरा र बाँस्कोटा प्रकरण ब्रेक गर्ने पत्रकार शिवाकोटीद्वारा सुरक्षाको माग

फागुन १४, काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघका सभासद, पत्रकार तथा तथा हाम्रा कुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन माग गरेको छ ।  

पत्रकार शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिहरूले शंकास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनि महासंघलाई जानकारी गराएका थिए । 

पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भन्दै शिवाकोटीले महासंघलाई जानकारी गराएको भन्दै महासंघका महासचिव रमेश विष्टले बुधबार एक विज्ञप्ति जारी गर्दै शिवाकोटीको सुरक्षामा विशेष ध्यान दिन एवम् स्वतन्त्र र सुरक्षित गर्ने वातावरण बनाउन माग गरेक हुन् ।  

महासंघले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने गतिविधिको भर्त्सनासमेत गरेको छ । पत्रकार शिवाकोटीले पूर्व सभामुख कृष्णबहादुर महरा र सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरण ब्रेक गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *