काष्ठमण्डप क्वाटरफाइनलमा

फागुन १२, काठमाडौं । काष्ठमण्डप दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

काष्ठमण्डपले युनाइटेडलाई १०–१ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । काष्ठमण्डपका रिवाज गुरुङले शानदार प्रदर्शन गर्दै ८ गोल गरे । बाँकी दुई गोल प्रभात लिम्बूले थपे । युनाइटेडका प्रनन् थिङले सान्त्वना गोल फर्काए । युनाइटेडकै प्रयत्न थापा ‘म्यान अफ द म्याच’ घोषित भए । 

लोयल्टी एकेडेमीद्वारा आयोजित प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) र टीआईए पनि क्वाटरफाइनलमा पुगे । 

1.JPG

एलएले विद्या संस्कारलाई ५–० गोलले हरायो । एलएका दिवस घर्ती मगर र आयुश ऐरले समान २ तथा प्रनन् तुलाधरले १ गोल गरे । विद्या संस्कारका शुलभ कार्की ‘म्यान अफ द म्याच’ चुनिए । टीआईएले आयोजक लोयल्टी ‘ए’ लाई ४–१ गोलले पाखा लगायो । टीआईएका किजय भण्डारीले २ तथा सक्षम डंगोल र प्रभात गोदारले १–१ गोल गरे । लोयल्टी ‘ए’ का अर्विन्द सुवेदी ‘म्यान अफ द म्याच’ बने । 

प्रतियोगिताअन्तर्गत शुक्रबार हिमालयन र आयोजक लोयल्टी ‘बी’ तथा टाइमलाइन र शिशु मिलनबीच खेल हुने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =