आज चट्याङसहित वर्षाको सम्भावना, भोली र पर्सीको मौसम कस्तो रहला ?

फागुन १३, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर अहिले प्रिमनसुनको अवस्था देखिएको जनाएको छ । प्रिमनसुनको प्रभावका कारण पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको छ ।   

देशको पश्चिमी भू भागमा सामान्य देखि पूर्ण बदली हुनुका साथै केहि स्थानमा चट्याङसहित हल्का वर्षा भईरहेको छ । उपत्यकामा बिहानको तापक्रम ८ डिग्री सेल्सियस तथा भिजिबिलिटी ३ किलोमिटर रहेको छ ।  

यस्तो छ बुधबार र बिहीबारको मौसम पूर्वानुमान   

null

फागुन १४ गते बुधबार 

दिउँसोः देशको पहाडी भेगमा आँशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

फागुन १५ गते बिहीबार  

दिउँसोः देशको पहाडी भेगमा आँशिक बदली रहनेछ साथै पूर्वी पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

रातीः देशको पहाडी भेगमा आँशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *