चेक बाउन्स प्रकरणमा मोडल खुश्वु ओलीलाई दुई बर्ष जेल

फागुन १७, काठमाडौं । चेक बाउन्स प्रकरणमा विवादीत मोडल खुश्वु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई बर्षको जेल सजाय सुनाएको छ । 

लेनदेनका क्रममा ओलीले सापटको पैसा तिर्नका लागि रकम नभएको कुमारी बैंकको बाउन्स भएको चेक सप्तरी राजविराज-८ का गोपाल कटुवाललाई दिएकी थिइन् । यसअघि तीन महिनाभित्र रकम तिर्न भन्दै अदालतले पूर्पक्षका लागि थुन्ने आदेश दिएको थियो तर ओलीले उक्त रकम तिरिनन् । 

२ वर्षअघि ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम चहिएको भन्दै ३६ लाख लिएकी थिइन् । खुश्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत् उनले ३६ लाख रुपैयाँको चेक कटुवाललाई दिइन् । तर त्यसमा रकम थिएन । कुमारी बैंक न्युरोड शाखामा कटुवालले चेक बाउन्स गराई अदालतमा मुद्दा हालेका थिए । 

विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिम कटुवालले मोडल ओलीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको फैसला गर्दै ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो । 

मोडल ओली विभिन्न विवादमा तानिने गरेकी थिइन् । उनी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी चरीसँगको सम्बन्धका कारण पनि चर्चामा थिइन् । केही विवादीत प्रहरी अधिकारीसँग पनि उनको सम्बन्धको चर्चा चल्ने गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *