ज्ञान निकेतन र इनोभेटिभ च्याम्पियन


माघ २८, काठमाडौँ । ज्ञान निकेतन र आयोजक इनोभेटिभ नवौँ इनोभेटिभ कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा मङ्गलवार च्याम्पियन बनेका छन् । ज्ञान निकेतन ब्वाइज तथा इनोभेटिभ गल्र्समा च्याम्पियन बने ।
ब्वाइज फाइनलमा ज्ञान निकेतनले इनोभेटिभलाई ६३–५६ ले पराजित ग¥यो । ज्ञान निकेतनका सम्राट भूमिले ३४ अङ्क योगदान गरे । सुरुको क्वाटरमा ९–१७ ले पछि परेको ज्ञान निकेतन दोस्रोमा २१–१६ ले अगाडि रह्यो । तेस्रो र चौथो क्वाटरमा ज्ञान निकेतनले क्रमशः १५–७ र १८–१६ को अग्रता लियो ।
बुद्धनगरस्थित घरेलु कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा सोभ्या महर्जनको ६ अङ्क सहयोगमा इनोभेटिभले स्वप्न बाटिका एकेडेमीलाई २०–१७ ले हरायो । पहिलो क्वाटर ४–४ को बराबरीमा टुङ्गियो भने दोस्रोमा इनोभेटिभले ९–८ को प्रदर्शन ग¥यो । तेस्रो क्वाटरमा इनोभेटिभले ६ अङ्क जोड्दा स्वप्न बाटिका अङ्कविहीन रह्यो ।
चौथोमा स्वप्न बाटिकाले ५–१ को अग्रता लिए पनि जितका लागि पर्याप्त भएन ।
ब्याइजमा ज्ञान निकेतनका सम्राट् भूमि तथा गल्र्समा इनोभेटिभकी कृपा श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा इनोभेटिभका मनीष गुरुङ तथा गल्र्समा स्वप्न वाटिकाकी सम्झना शाही ‘मोस्ट एसिस्ट’ खेलाडी बने । ब्वाइजमा पुष्प सदनका कर्मा गुरुङ तथा गल्र्समा एसियन पब्लिककी निपिशा रिजाल उदीयमान खेलाडी चुनिए ।
विजेतालाई प्रा.ड. भागवत ढकाल, नेपाल बास्केटबल सङ्घका महासचिव नरेन्द्र थापा, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ चौलागाईं, इनोभेटिभका एकेडेमीक डाइरेक्टर हर्कबहादुर थापा, इनोभेटिभका प्रिन्सिपल विजय थापा, ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा यु–१६ राष्ट्रिय बास्केटबल टोलीबाट नेपालको प्रतिनिधित्व गरेका इनोभेटिभका पूर्व विद्यार्थी आशिष बस्नेत, ममता गुरुङ र जसाङ सुनुवारलाई नगदसहित सम्मान गरिएको थियो । त्यसै अवसरमा इनोभेटिभकै पूर्व विद्यार्थी बास्केटबल खेलाडी अनीश महर्जन र निखिल ब्यञ्जन्कारलाई पनि नगदसहित सम्मान गरिएको थियो । पाँचैलाई जनही ५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । माघ २१ गतेदेखि सुरु लिग कम नकआउट प्रतियोगिताको ब्वाइजमा १० तथा गल्र्समा ८ टिम सहभागी थिए ।
समृद्धिलाई टेक्सस–धन्यन्तरी फुटसल उपाधि
समृद्धिले ‘टेक्सस–धन्यन्तरी कप’ अन्तर कलेज प्लस टु छात्र फुटसल प्रतियोगिताको उपाधि मङ्गलवार जितेको छ ।
टेक्सस इन्टरनेसनल कलेज र धन्यन्तरी फुटसलद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा समृद्धिले केब्स ‘ए’ लाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । समृद्धिका आयुश घलान, दीपेश श्रेष्ठ र चन्दन दासले पेनाल्टी अवसरलाई सदुपयोग गरे । केब्स ‘ए’ बाट राज थोकर तामाङ र मुस्कान तामाङले गोल गरे । त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । निर्धारित समयको १९ सेकेन्डमै राज थोकर तामाङको गोलबाट केब्स ‘ए’ ले अग्रता लिएको थियो । छैटौँ मिनेटमा समृद्धिका दीपेश श्रेष्ठले गोल फर्काउदै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए ।
उपाधिसँगै समृद्धिले १ लाख तथा केब्स ‘ए’ ले ५० हजार नगद पुरस्कार हात पारे । तेस्रो स्थानमा चित्त बुझाएको पशुपति बहूमुखी क्याम्पसले २५ हजार रुपैयाँमा चित्त बुझायो ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा भएको प्रतियोगितामा समृद्धिका दीपेश श्रेष्ठ उत्कृष्ट खेलाडी तथा केब्स ‘ए’ का पासाङ तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताभर १० गोल गरेका जेभियर इन्टरनेसनल कलेजका अमोद सुवेदी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
विजेतालाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का सदस्य एवं एन्फा फुटसल कमिटीका संयोजक दावा लामा, टेक्ससका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेल, टेक्सस स्कुलका प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा १९ छात्र टिम सहभागी थिए ।
हाइली क्रिएटिभ क्वाटर फाइनलमा
हाइली क्रिएटिभ पाँचौँ अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मङ्गलवार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हाइलीले टाइमलाइनलाई २–१ गोलले पराजित ग¥यो । त्यस्तै नेपाल तारा र न्यु स्टार पोलले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
नेपाल ताराले डिफेन्डिङ च्याम्पियन श्रमशील विद्यापीठलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो । न्यु स्टारले एकलब्यमाथि २–० को जित दर्ता ग¥यो । न्यु स्टारका राजन आचार्य र मुस्कान तामाङले गोल गरे ।
अन्य खेलमा जित हात पार्दै आयोजक अर्किड र हाइल्यान्ड प्रिक्वाटरफाइनल पुगे । अर्किडले अक्षरिकालाई १–० गोलले पाखा लगाउँदा श्रृजन कार्कीले निर्णायक गोल गरे । हाइल्यान्डले गेटवे एकेडेमीलाई टाइब्रेकरमा ३–१ गोलले पन्छायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।
यु–१८ राष्ट्रिय पुरुष बास्केटबल बुधवारदेखि
नेपाल बास्केटबल सङ्घको आयोजनामा पाँचौँ आईआईएमएस यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक सङ्घका महासचिव नरेन्द्र थापाले जनाएका छन् । टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एन्जल्स हार्ट, रामेछाप र न्यु जेनिथ तथा समूह ‘बी’ मा जेभियर इन्टरनेसनल, ज्ञान निकेतन र रुपन्देही रहेका छन् । दाङ, समृद्धि र एलआरआई समूह ‘सी’ तथा टाइम्स, हिमालयन ह्वाइटहाउस र गोल्डेनगेट समूह ‘डी’ मा छन् । समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् ।
आईआईएमएसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । फागुन ७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ । प्रतियोगिता बंगलादेशमा जुन–जुलाईमा हुने साबा यु–१८ पुरुष बास्केटबल च्याम्पियनसिपका लागि छनोट आधारका रूपमा समेत रहेको छ ।
श्रद्वाञ्जली सभा
नेपाल जुडो सङ्घका सदस्य, अन्र्तराष्ट्रिय जुडो रेफ्रि, रेफ्रि डाइरेक्टर एवं पूर्व प्रमुख प्रशिक्षक मनोज बहादुर के।सी।को असामयिक स्वर्गारोहण भएको १२औ“ दिनमा नेपाल जुडो सङ्घले नयाबजार स्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा सङ्घका पदाधिकारी सदस्य, प्रशिक्षकहरू एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उपस्थितिमा एक कार्यक्रमका बिच सङ्घका अध्यक्ष श्री दीपक हर्ष बज्राचार्यज्यूको सभापतित्वमा स्व। के।सी।को फोटोमा फुल गुच्छा तथा माल्यार्पण गरी श्रद्धाञ्जली कार्यक्रम गरेको थियो ।
एपिएफ र पुलिसबिचको खेल फाइनल सरह
विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबिचको लिग चरणको अन्तिम खेल १५औँ सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको फाइनल सरह हुने भएको छ ।
मङ्गलवार यी दुई टोलीले दोस्रो लिगमा सफलता हात पारेपछि अन्तिम खेल नै उपाधि सरह हुने भएको हो । बुधवार हुने खेलमा जित हात पार्ने टोली १५औँ सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको च्याम्पियन बन्नेछ । खेल दिउँसो १ बजेपछि हुनेछ । त्यसअघि त्रिभुवन आर्मी क्लब र होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्टस् क्लबबिच बिहान ११ बने प्रतिस्पर्धा हुनेछ ।
दोस्रो लिगमा चौथो चरणको खेल सकिदा अपराजित रहेको एपिएफले १३ खेलबाट ३८ अङ्क जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । एपिएफसँग नै पराजित भएको पुलिसको समान खेलबाट ३७ अङ्क छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा मङ्गलवार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । एकपक्षीय खेलमा एपिएफले २५–१९, २५–१९ र २५–२१ को जित निकाल्यो । अर्को खेलमा पुलिसले डायमन्डमाथि २५–२२, २५–१९ र २५–८ को सहज जित निकाल्दै उपाधि दावेदारितालाई यथावत् राख्न सफल भयो । एपिएफसँग पराजित हुनुअघि आर्मीले बुलबुले रारा भलिबल क्लबमाथि २५–१०, २५–१६ र २५–७ को सहज जित निकालेको थियो ।
आर्मीले १३ खेलबाट २७ अङ्क जोडेको आर्मीले तेस्रो तथा समान खेलबाटै २२ अङ्क जोडेर डायमन्डले चौथो स्थान हासिल गरेको छ ।
चितवन टाइग्रेसले १८ अङ्क जोडेर पाँचौँ तथा १३ अङ्क जोडेर बुलबुले रारा भलिबल क्लबले छैटौँ स्थान हासिल ग¥यो । पाँचौँ भएको चितवनले ५५ हजार तथा छैटौँ भएको बुलबुलले ४५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले २ लाख ५ हजार तथा तेस्रो हुनेले १ लाख ५ हजार रुपैयाँ तथा चौथौले ७५ हजार रुपैयाँ हात पार्नेछ ।
