मानेको गोलमा लिभरपुलको कीर्तिमानी जित

फागुन १३, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल विजयी भएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । 

लिभरपुलका लागि यो कीर्तिमानी जित हो । लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो । सन् २०१७ को अगष्टदेखि डिसेम्बरसम्म सिटीले १८ खेलमा लगातार जित निकालेर कीर्तिमान कायम गरेको थियो । 

लिभरपुललाई जिताउन २(२ गोलको अवस्थामा साडियो मानेले खेलको ८१औ मिनेटमा निर्णायक गोल गरेका थिए । यस अघि लिभरपुलले खेलको नवौ मिनेटमा जर्जिनियो विजनाल्डम र खेलको६८औ मिनेटमा मोहमद सलाहले गोल गरेका थिए । 

 त्यस्तै वेस्टह्यामका लागि खेलको १२औ मिनेटमा इस्सा डियोपले र खेलको ५४औ मिनेटमा पाबियो फोर्नाल्सले एक एक गोल गरेका थिए । 

यो जितपछि लिभरपुल प्रिमियर लिगमा २७ खेलमा ७९ अंक सहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको सिटी भन्दा २२ अंकले अगाडी रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =