अपुग शिक्षक दरबन्दी चैतभित्र सिर्जना गरिने : मन्त्री पोखरेल

फागुन १०, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा रहेको अपुग शिक्षक दरबन्दी यहि चैत भित्र स्थानीय तहबाटै सिर्जना गरिने बताएका छन् । धेरै विद्यालय खुलेकाले ३९ हजार शिक्षक दरबन्दी अभाव रहेको जानकारी गराउँदै चैतभित्र दरबन्दी पुर्याइने उनले बताएका हुन् ।
जनविकास माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले विद्यालयमा सरकारले बजेट मात्र दिएर राम्रो नहुने भन्दै विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिनुपर्नेमासमेत जोड दिए ।
सामुदायिक विद्यालयमा विद्यार्थी पढ्न आउन तयार रहेकाले वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । ‘शिक्षकले नै आफ्ना बालबालिकालाई आफू पढाउने विद्यालयमा लिएर आउदैनन्शि, शिक्षकले आफ्ना बालबालिका विद्यालयमा ल्याएर पढाउने हो भने स्वतः विद्यालयको शिक्षाको परिवर्तन हुन्छ ’ उनले भने ।
null
शिक्षा ऐन ल्याउने तयारीमा सरकार
उनले शिक्षा नीति आइसकेकाले अब शिक्षा ऐनको तयारीमा सरकार रहेको जानकारी गराए । विद्यालयले अभिभावकसँग मिलेर विद्यार्थीको पठनपाठनमा काम गरे राम्रा विद्यार्थी उत्पादन हुने उनको भनाइ थियो । उनले विद्यालय तहबाट गणित विषय नहटाइएकाले कक्षा १० सम्म गणित अनिवार्य गरिएको बताएयो । संसारमा पढाइ हुने १० प्रकारका जीवनशैली पद्दतिअनुसारका शिक्षा कक्षा ११ मा शुरु गरिएकोसमेत उनले बताए ।
उनले शिक्षक अभाव रहेकाले स्वयंसेवी शिक्षक परिचालन गरिन थालेको जानकारी दिए ।
‘देश चिनौँ, माटो चिनौँ’ भन्ने अभियानअन्तर्गत स्नातक तहलाई रु ३० हजार र स्नातकोत्तर तह गरेकालाई रु ३२ हजार भत्ता दिएर स्वयंसेवी शिक्षक परिचालन गर्न थालेको उनले बताए ।
विद्यालयकी प्रधानाध्यापक सीताकुमारी ढकालले अङ्ग्रेजी र नेपाली दुवै माध्यममा विद्यार्थी पढाइ हुने भएकोले विद्यार्थीको आकर्षण रहेको बताए । विसं २०३५ मा स्थापना भएको विद्यालयमा अहिले कक्षा १२ सम्म पठनपाठन हुन्छ ।








