नेइमारले पाए रातोकार्ड, पिएसजीको संघर्षपूर्ण जित

फागुन १२, काठमाडौं । फ्रेन्च लिग वानमा पिएसजीले संघर्षपूर्ण जित हासिल गरेको छ । आइतबारराती सम्पन्न खेलमा पिएसजीले बोर्डउक्समाथि ४-३ गोल अन्तरको जित हासिल गरेको हो । 

पिएसजीको जितमा मार्क्युनोसले दुई गोल गरे भने एडिसन कभानी र किलीयन एम्बाप्पेले एक एक गोल गरेका थिए । त्यस्तै बोर्डउक्सका लागि ह्वांग उइ जो, पाब्लो र रुबेन पार्ड़ोले एक एक गोल गरेका थिए । 

यस खेलमा दुई पहेलो कार्ड पाएपछि स्टार खेलाडी नेइमारले खेलको ९२औ मिनेटमा रातो कार्ड पाएका थिए । नेइमारले दुवै हाफको अन्त्यतिर पहेलो कार्ड पाएका थिए । यो जितपछि पिएसजी लिग वानमा २६ खेलपछि ६५ अंक हासिल गर्दै शिर्ष स्थानमा कायम रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 1 =