ईन्जिनियर्स सम्मेलन दौड हुने

फागुन १६, काठमाडाैँ ।  नेपाल इन्जिनियर्स एशोसिएसनको युथ एन्ड स्पोर्ट्स कमिटीले शनिबार इन्जिनियर्स सम्मेलन दौड गर्ने भएको छ । शनिबार बिहान पुल्चोकस्थिति हरिहर भवनस्थित ईन्जिनियस भवनबाट ५ किलोमिटर दौड शुरु भई, नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्त्य हुने युथ एण्ड स्पोर्टस कमिटीका अध्यक्ष ई.प्रदिप कुमार खत्रीले बताए ।  

सो दौडमा करिब ५ सय जनाको सहभागीता हुने खत्रीले बताएका छन् । नेपाल ईन्जिनियर्स एशोसिएसनको १६ औं राष्ट्रिय ईन्जिनियस सम्मेलनको पुर्वसन्ध्या हुन लागेको सो दौडको महिला र पुरुष बिजेताले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने युथ एन्ड स्पोर्टस कमिटीका सदस्य–सचिव ई अनिल मानन्धरले बताए । ‘महिला/पुरुष दुवैको बिजेताले समान १० हजार पुरस्कार प्राप्त गर्ने छन् । समृद्ध मुलुक निर्माणका लागि स्मार्ट भौतिक पुवार्धार भन्ने धारणालाई आत्मसाथ गराउन यो दौड गरिएको छ,’ उनले भने ।’ 

सो दौड प्रतियोगितामा दोस्रो हुनेले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । तेस्रो हुने खेलाडीले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । दौड हरिहरभवनबाट शुरु भई, कुपन्डोल, बागमति पुल, थापाथली, माइतीघर, शहिदगेट, जमल हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुने छ । 

२१ फागुनमा विश्व इन्जिनियरिङ दिवसका अवसरमा प्रज्ञाप्रतिष्ठान कमलादीमा १६ औं राष्ट्रिय ईन्जिनियर सम्मेलन हुन गइरहेकाले खेलकुदलाई समेत समावेश गर्ने उद्देश्यले दौड गरिएको अध्यक्ष प्रा।डा। त्रिरत्न बज्राचार्यले बताए ।  सो सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *