अक्सिडेन्टल पब्लिक स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

फागुन १, काठमाडौं । अक्सिडेन्टल पब्लिक स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भयो । ज्ञानेश्वर स्थित सानो गौचरणमा सम्पन्न उक्त कार्यक्रमलाई दुई भागमा विभाजित गरिएको थियो । प्रथम चरणको कार्यक्रम विद्यालयका प्रअ टेक बहादुर पौडेलको सभापतित्वमा सम्पन्न गरिएको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिमसिना थिए ।   

तिमसिनाले दक्षिण एसियामा नेपालले खेलकुदको क्षेत्रमा चुनौती प्रसतुत गरेको कुरा उल्लेख गर्दै विद्यालय नै खेलकुदको आधारभूमि भएको स्पष्ट पारे ।   

शिक्षा राजनीति तथा अन्य क्षेत्रमा खेलकुद अनिवार्य भएको स्वीकार्दै नेपालमा प्रत्येक २ वा ४ वर्षमा आयोजना गरिने राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सहभागिता उदाहरणीय रहेको पनि उनले दावी गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका निर्देशक डीबी निरौलाले विद्यार्थीहरुको चौतर्फी विकासका लागि यस्तो खेलकुदको आयोजना प्रत्येक वर्ष विद्यालयले गर्दै आएको कुरा व्यक्त गरे । 

कक्षा कोठाको सीमित ज्ञान भन्दा यस्तो कार्यक्रमले नै विद्यार्थीको मानसिक तथा शारीरिक विकास छिटो हुने कुरा कार्यक्रमका सभापति प्रधानाध्यापक टेक बहादुर पौडेलले बताए ।   

कार्यक्रममा फुटबल, क्रिकेट, कराते, दौड, खोखो, कपर्दी, बासकेटबल, चम्चा रेस, रस्सी तानातान जस्ता रोचक खेल प्रस्तुत गर्दै विजेता टिम तथा विद्यार्थीलाई मेडल, ट्रफी, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − three =