सरकार-पार्टी सम्बन्धमा उतारचढाव, निर्बाध नेपाल आउँछन् चिनियाँ, तरकारीको मूल्यमा बिचौलियाको राज

फागुन २, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विविध विषयलाई उठान गरेका छन् । आजको नागरिक दैनिकले ‘सरकार-पार्टी सम्बन्धमा उतारचढाव’ शीर्षकको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ । समाचार अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ। तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको अवस्था छ ।   

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको अर्का अध्यक्ष पुष्पकमल दाहालले खुलेर प्रशंसा गर्न सकेका छैनन् । सरकारमा सहभागी भएबाहेकका अन्य पार्टी नेताले पनि सरकारको कामकारबाहीको प्रायः आलोचनै गरेका छन् । सरकार बनेको एक वर्ष नपुग्दै नेकपाभित्र पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने भन्ने द्वन्द्व सुरु भयो ।   

२०७५ माघ ९ गते प्रधानमन्त्री ओली नेपालमा नभएका बेला पार्टीका तर्फबाट दाहालले अमेरिकाले भेनेजुएलामा नाकाबन्दी लगाएको प्रसंगमा भेनेजुएलाको समर्थन गरेपछि सरकार र पार्टीबीचको सम्बन्ध झनै तितो बनेको थियो । अध्यक्ष दाहालले अर्का अध्यक्ष ओली देशबाहिर भएको बेला दिएको वक्तव्यलाई लिएर पार्टी र सरकारमा तरंग पैदा भएको थियो । दाहालले विज्ञप्तिमा अमेरिकाको निन्दा गरेका थिए । भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको तथा सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको आरोप दाहालले लगाएका थिए । समाचारमा छ ।   

नेपाल फर्केपछि ओलीले दाहालको विज्ञप्ति पार्टीको आधिकारिक धारणा नभएको बताएपछि उनीहरु दुईको सम्बन्ध बिग्रेको थियो । त्यसपछि २०७५ माघ २५ गते एक सार्वजनिक कार्यक्रममा दाहाल सरकारविरुद्ध खनिएका थिए । उनले संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न नचाहेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले सरकार शान्ति सम्झौता र संविधानको मर्मविपरीत चलिरहेको गम्भीर आरोपसमेत लगाएका थिए । दाहालले २०७६ जेठ ३ गते आयोजित पार्टी एकता दिवसमा पनि सरकारको आलोचना गरेका थिए । 

अन्नपूर्ण पोष्टले ‘निर्बाध आउँछन् चिनियाँ’ शीर्षको समाचारलाई पहिलो पेजमा स्थान दिएको छ । चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ । 

कोरोना भाइरस संक्रमणलगत्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका अधिकांश मुलुकले चीनबाट सीधै प्रवेश गर्ने यात्रुलाई रोक लगाएका छन् । कतिपयले चीनमा निर्मित सामान आयातमै प्रतिबन्ध लगाएका छन् । चीन स्वयंले पनि प्रभावित प्रान्त हुपईमा आफ्नै नागरिक आवागमनमा रोक लगाएको छ । अन्य सहरमा पनि घरबाहिर ननिस्कन, हूलमूल नगर्न र मिलेसम्मका काम घरबाटै गर्न प्रोत्साहन गर्दै आएको छ । 

चीनका विभिन्न सहरबाट नेपालमा सातामा सय हाराहारीमा पर्यटक आउने गरेको विमान कम्पनीका सञ्चालकहरूले जनाएका छन् । कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम रोकिएको छैन । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ पर्यटक आइरहेको बताए । उनले भने, ‘पर्यटक आइरहेका छन् । यकिन संख्या थाहा छैन ।’ उनका अनुसार भाइरस संक्रमणले बढी प्रभावित वुहानबाट नेपाल आउन चीनले नै दिएको छैन । अन्नपूर्णको समाचारमा छ ।   

पिपुल्स हेल्थ मुभमेन्टका संयोेजक एवं जनस्वास्थ्यविद् डा। शरद वन्त चीनबाट आइरहेका पर्यटकको पर्याप्त स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन् । उनले भने, ‘हामीसँग पर्याप्त उपकरण छन् । परीक्षण हुन्छ भने चिनियाँ पर्यटक आवागमन रोक्नु पर्दैन, अन्यथा सोच्नुपर्ने हुन्छ ।’ सरकारले नेपाली विद्यार्थीलाई उद्धारमा अनिर्णयको बन्दी हुन नहुने डा। वन्तको भनाइ छ । ‘चीनमा रहेका विद्यार्थी साँच्चिकै अप्ठेरोमा छन् भने उद्धारमा ढिलाइ गर्नु हुँदैन । राज्य अभिभावक हो । जतिसक्दो छिटो उद्धार गर्नु उसको दायित्व हो’, उनले भने । 

चीनका विभिन्न सहरमा उडान भरिरहेका चिनियाँ एवं नेपाली विमान कम्पनीले पर्यटक ओसारिरहेका छन् । चाइना स्टर्नको साताको ११ मध्ये दुईवटा उडानबाट पर्यटक नेपाल आइरहेका छन् । त्यस्तै चाइना साउदर्नको साताको १४ वटा उडानमध्ये २ वटाबाट पर्यटक भित्रिरहेका छन् । 

कान्तिपुर दैनिकमा सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार दुई वर्षमा जमिनमुनिदेखि जमिनमाथिसम्मै उपलब्धि हासिल गर्न सफल भएको दाबी गरेको समाचार छ ।  

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा बिहीबार उनले सरकारले गरेका कामको सूचीसमेत पेस गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार सरकारको उपलब्धिबारे संसद्‌मा सम्बोधन गर्ने कार्यक्रम छ ।मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा बिहीबार उनले सरकारले गरेका कामको सूचीसमेत पेस गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार सरकारको उपलब्धिबारे संसद्‌मा सम्बोधन गर्ने कार्यक्रम छ । 

मन्त्री बाँस्कोटाले दुई वर्षमा सरकारले विधिको शासन, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण, कूटनीतिक सम्बन्ध, शान्ति सुरक्षा, विकासका पूर्वाधार, आर्थिक वृद्धिदरलगायतका क्षेत्रमा उपलब्धि हासिल गरेको बताए । उनले विधिको शासन बलियो भएको दाबी गरे । ‘विधिको शासनको सूचकमा नेपाल दुई स्थान माथि पुगेको छ । वर्ल्ड जस्टिस प्रोजेक्ट भन्ने संस्थाले यो निष्कर्ष निकालेको हो । प्रधानमन्त्रीज्यूले मेरो हितमा जारी गरिदेउ भन्नुभएको होइन,’ उनले भने ।न्त्री बाँस्कोटाले दुई वर्षमा सरकारले विधिको शासन, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण, कूटनीतिक सम्बन्ध, शान्ति सुरक्षा, विकासका पूर्वाधार, आर्थिक वृद्धिदरलगायतका क्षेत्रमा उपलब्धि हासिल गरेको बताए । उनले विधिको शासन बलियो भएको दाबी गरे । ‘विधिको शासनको सूचकमा नेपाल दुई स्थान माथि पुगेको छ । वर्ल्ड जस्टिस प्रोजेक्ट भन्ने संस्थाले यो निष्कर्ष निकालेको हो । प्रधानमन्त्रीज्यूले मेरो हितमा जारी गरिदेउ भन्नुभएको होइन,’ उनले भने । समाचारमा छ ।  

मन्त्री बाँस्कोटाले भ्रष्टाचारसम्बन्धी सूचकमा पनि ११ स्थान माथि उक्लिएर नेपाल ११३ औं स्थानमा आइपुगेको उल्लेख गर्दै भने, ‘भ्रष्टाचार पनि घट्यो । सुशासनतर्फ पनि गयो होला । सुखी नेपाली, समृद्ध नेपालीको कार्यक्रमले नतिजा देखाउन थालेको छ ।’ उनले नेपाल खुसीको सूचकमा पनि तीन स्थान माथि उक्लिएको सुनाए ।मन्त्री बाँस्कोटाले भ्रष्टाचारसम्बन्धी सूचकमा पनि ११ स्थान माथि उक्लिएर नेपाल ११३ औं स्थानमा आइपुगेको उल्लेख गर्दै भने, ‘भ्रष्टाचार पनि घट्यो । सुशासनतर्फ पनि गयो होला । सुखी नेपाली, समृद्ध नेपालीको कार्यक्रमले नतिजा देखाउन थालेको छ ।’ उनले नेपाल खुसीको सूचकमा पनि तीन स्थान माथि उक्लिएको सुनाए । 

  

बालुवाटार जग्गा प्रकरणको समाचार नयाँ पत्रिकामा छ । बालुवाटार जग्गा हिनामिना अनुसन्धानका लागि गृह मन्त्रालयले प्रहरीमा जाहेरी पठाएको छ । सरकारका तर्फबाट गृहले ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको हो  । ठगी मुद्दामा सरकारले जाहेरी दिएको यो पहिलो घटना हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जग्गा हिनामिनामा संलग्नलाई ठगी र किर्तेसम्बन्धी मुद्दा चलाउनुपर्ने भन्दै दुई साताअघि गृहमा प्रतिवेदन बुझाएको थियो । ठगी मुद्दा चलाउन जाहेरी अनिवार्य चाहिन्छ । हाल खारेज भइसकेको नेपाल समरजंग कम्पनीसमेत गृहमातहतकै निकाय भएकाले मन्त्रालयको तर्फबाट जाहेरी परेको हो ।   

गृह मन्त्रालयका एक उच्च अधिकारीले जाहेरी पठाइसकेको बताए । तर, उनले को–कोविरुद्ध किटानी जाहेरी छ भन्ने खुलाउन चाहेनन् । यो प्रकरणमा बिचौलियाबाट सरकार नै ठगिएको भन्दै मुद्दा दायर हुन लागेको हो । समाचारमा छ । समरजंग कम्पनीको नाममा रहेको बालुवाटारको करिब एक सय ३६ रोपनी जग्गा चारपटक गरेर विभिन्न व्यक्तिको नाममा लगिएको थियो । त्यसमा संलग्न एक सय १० जना र जग्गा किन्ने ६५ जनाविरुद्ध गत २२ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ । 

आयोगले तीन पूर्वमन्त्री तथा तीन पूर्वसचिवलाई समेत मुद्दा दायर गरेको थियो । पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध मुद्दा दायर गरेको थियो भने मुद्दा खेप्ने पूर्वसचिवहरूमा दीप बस्न्यात, दिनेश अधिकारी र छविराज पन्त छन् । तर, जग्गा फिर्ता गर्ने सर्तमा नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन तथा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएको छ ।   

तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको समेत मिलेमतो रहेको आयोगको निष्कर्ष छ । तर, मन्त्रिपरिषद्का सामूहिक निर्णय आयोगको क्षेत्राधिकारभित्र नपर्ने भन्दै उनीहरूविरुद्ध मुद्दा नचल्ने भन्दै यो घटनाको समीक्षा गर्न सरकारलाई सुझाब दिने निर्णय आयोगले गरेको थियो ।  सिआइबीले भने अख्तियारले मुद्दा नचलाएका केही व्यक्तिलाई समेत मुद्दा चलाउने तयारी गरेको स्रोत बताउँछ । तर, सिआइबीको अनुसन्धान राजनीतिक तहसम्म पुगेको छैन । कर्मचारीले नै बिचौलियासँग मिलेर किर्ते कागज बनाई मन्त्रिपरिषद्मा पेस गरेर त्यसैका आधारमा निर्णय गराएको निष्कर्ष निकालेको छ ।   

आजको गोरखापत्र दैनिकले ‘तरकारीको मूल्यमा बिचौलियाको राज’ शीर्षको समाचारलाई पहिलो पेजमा प्रकाशित गरेको छ । समाचार अनुसार कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समिति २४ घण्टा जागा हुन्छ तर बिहान २ बजेदेखि सुरु भएको चहलपहल ११ बजेसम्म कायम हुन्छ  ।   

उपत्यका र वरपरका तरकारी तथा फलफूलका ठूला व्यापारीदेखि साइकलमा घुमेर बेच्ने र किराना पसलमा तरकारी बेच्ने साना व्यापारीको बिहानैदेखि घुइँचो हुन्छ । सस्तो तरकारी पाइन्छ भनेर गृहणीहरू आउने गर्छन् तर कालीमाटीका लागि सबैभन्दा ठूलो समस्या भनेको मूल्य नै हो । बिचौलियाले पत्रपत्र गरेर मूल्य बढाउँछन्  । 

त्यहाँको मूल्य कसैको नियन्त्रणमा छैन । खुद्रा व्यापारी त्यहाँ पुग्दासम्म तरकारीको मूल्य के हुन्छ भन्ने थाहा हुँदैन । त्यहाँ ठूला व्यापारीलाई सोधपुछ गरेपछि मात्र थाहा हुन्छ । मूल्य थाहा नहुँदा कतिपय व्यापारी तथा उपभोक्ता ठगिएको देखिएको छ । सरकारले सबै पसल तथा होटलमा देखिने गरी मूल्यसूची राख्न अनिवार्य गरेको छ । तरकारी बजारमा मूल्यसूची नै छैन । 

कालीमाटीको गेटभित्र छिर्नेबित्तिकै कुन तरकारी कति मूल्यमा पाइन्छ भनेर जान्नै समस्या भएको दुखेसो सानेपाका खुद्रा व्यापारी विपीन केसीले गरे । न समितिले देखिने गरी कहीँ सूची राखेको छ न कुनै स्टलमा मूल्यसूची झुण्डिएको पाइन्छ, त्यसले गर्दा त्यहाँका व्यापारीले भनेकै मूल्यमा तरकारी किन्न बाध्य हुनुपरेको उनी बताउँछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *