अशोक र दीपेन्द्र जर्मनी जाँदै, कार्की सर्बिया जाने

फागुन १५, काठमाडौं । जर्मन ओपन तेक्वान्दो च्याम्पियनसिप (जि–२) मा निर्णायकको भूमिका निर्वाह गर्न निर्णायकद्वय अशोक खड्का र दीपेन्द्र ढकाल शुक्रबार जर्मनीको ह्याम्बर्ग जाने भएका छन् । 

प्रतियोगिता फेब्रुअरी २९ देखि मार्च १ तारिखसम्म हुने छ । अशोक उक्त प्रतियोगिताको गत संस्करणमा पनि निर्णाकका रुपमा सहभागी भएका थिए । दुवैले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए । दीपेन्द्रसंग चीनमा भएको आर्मी ओलम्पिक खेलकुदमा पनि निर्णायकको भूमिका निर्वाह गरेको अनुभव छ । 

कार्की  सर्बिया जाने 

3.JPG

नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघको साधारण सभामा भाग लिन आइतबार सर्बिया जाँदै छन् । साधारण सभा मार्च ३ तारिखमा हुने छ । 

साधारणसभाका दौरान कार्कीले सन् २०२२ लाई तय भएको आईएसएफ वल्र्ड स्कुल च्याम्पियनसिप नेपालमा आयोजनाका लागि प्रस्ताव राख्ने बताइएको छ । कार्कीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । 

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविलाई 

गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविले जितेको छ । 

प्रतियोगितामा इस्टपोल स्कुल दोस्रो हुँदा गोकर्ण माविले तेस्रो स्थानमा चित्त बुझायो ।   

विजयी खेलाडीहरुलाई विहिवार आयोजित एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य कृष्ण राईले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरे ।   

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोेष चालिसे, उपप्रमुख शान्ति नेपाललगायतको उपस्थिति थियो ।   

प्रतियोगितामा खेलाडीहरुबीच भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्मा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा नगरपालिकाभित्र रहेका ४२ वटा विद्यालयका खेलाडीहरु सहभागी थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *