युभेन्टस र इन्टरबीचको खेल बिना दर्शक खेलिने, यस्तो छ कारण

फागुन १६, काठमाडौं ।  इटालीको सिरी ए अन्तर्गत युभेन्टस र इन्टरमिलानबीचको खेल बिना दर्शक हुने भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि युभेन्टस र इन्टरमिलानबीच आइतबार हुने खेल बिना दर्शक हुने भएको हो ।   

यस अघि सिरी ए का तीन खेल स्थगित भएका थिए । युभेन्टसको घरेलु मैदानमा हुने सो खेलमा कुनै दर्शकलाई मैदानमा हेर्न आउन नदिइने भएको छ । लिगका खेललाई असर नगरोस भनेर इटाली सरकारले फ्यानहरुको उपस्थित बिना नै सिरी ए का खेल गराउन निर्देशन दिएको हो । 

युभेन्टसले पनि विशेष परिस्थितिका कारण बिना दर्शक आइतबारको खेल खेल्न लागेको जानकारी दिएको छ । फ्यानहरु फुटबलका महत्वपूर्ण हिस्सा भएपनि उनीहरुको स्वास्थ्यको ध्यान दिनुपनि उत्तिकै महत्वपूर्ण विषय भएकाले यस्तो निर्णय लिएको क्लबले उल्लेख गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *