बार्सिलोनाका डेम्वेले पुनः घाइते, अब ६ महिना मैदान बाहिर रहने

माघ २९, काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी औसमाने डेम्वेले पुनः घाइते भएपछि अब ६ महिना मैदान बाहिर रहने भएका छन् । बार्सिलोनाले प्रेस विज्ञप्ति जारी गर्दै डेम्वेले अब ६ महिना मैदान बाहिर रहने पक्का भएको बताएको हो ।   

चोटसँगै डेम्वेलेले यो सिजनको बाँकी खेलका साथै युरोपियन च्याम्पियनसिप २०२० समेत गुमाउने भएको छ । डेम्वेलेले गत नोभेम्वरमा दाया खुट्टामा ह्यामस्ट्रिङ चोट बोक्न पुगेका थिए । उनको मंगलबार नै फिनल्यान्डको टुर्कुमा खुट्टाको सफल शल्यक्रिया भएको थियो । 

बार्सिलोनाका पहिलो रोजाईका डेम्वेलेको डाक्टर लासी लेम्पाइनेनले सफल शल्यक्रिया गरेका थिए । उनी मैदानमा फर्कन कम्तीमा पनि ६ महिना बढी लाग्ने चिकित्सकले बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *