५२औंँ पूर्ण साक्षर जिल्ला काभ्रेपलाञ्चोक

बनेपा । काभ्रेपलाञ्चोक पूर्ण साक्षर जिल्ला घोषणा भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले काभ्रेलाई पूर्ण साक्षर जिल्ला घोषणा गरेका हुन् ।   

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  गिरिराजमणि पोख्रेलले काभ्रेपलाञ्चोक जिल्ला संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन(युनेस्को)ले तयार पारेको सूचक पूरा गरी ९६ दशमलब ४८ प्रतिशत साक्षर भइसकेकाले साक्षर काभ्रेपलाञ्चोक जिल्ला घोषणा गरेको बताए ।   

घोषणासँगै काभ्रेपलाञ्चोक जिल्ला देशको ५२औंँ साक्षर जिल्ला भएको छ । 

img

राष्ट्रिय जनगणना २०६८ अनुसार १५ वर्षदेखि ६० वर्ष उमेर समूहका तीन लाख ७३ हजार ७२८ जनसङ्ख्यामध्ये आर्थिक वर्ष २०७६÷७७ सम्ममा तीन लाख ६० हजार ५६० जनसङ्ख्या साक्षर भएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जनाएको छ । 

यसअघि जिल्लाको मापदण्ड पूरा गरी मण्डनदेउपुर नगरपालिका, खानीखोला गाउँपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका, पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, महाभारत गाउँपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, रोशी गाउँपालिका र चौरीदेउराली गाउँपालिकालाई साक्षर घोषणा गरी आज जिल्लालाई साक्षर घोषणा गरिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =