समृद्धि सेमिफाइनलमा

फागुन ५, काठमाडौं । समृद्धि आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइलनमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समृद्धिले मोफसलको टोली रामेछापलाई ८१–५० ले पराजित ग¥यो । समृद्धिका समित गुरुङले ३१ अंक जोडे । 

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा न्यु जेनिथ, ह्वाइटहाउस र जेभियर इन्टरनेसनल पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । 

1.JPG

न्यु जेनिथले एलआरआईलाई ७३–४५ ले हरायो । न्यु जेनिथका सिजन महतले २१ अंक जोडे । ह्वाइटहाउसले ज्ञान निकेतनलाई ८६–७९ ले पाखा लगायो । विजेताका सुरज खत्रीले ३१ स्कोर गरे । 

अन्तिम क्वाटरफाइनलमा जेभियरले टाइम्सको चुनौती ६६–६० ले पन्छायो । जेभियरका लागि सविनकुमार कार्कीले १५ अंक जोडे । सेमिफाइनलमा जेभियरको भेट समृद्धिसंग हुने छ भने ह्वाइटहाउसले न्यु जेनिथ विरुद्ध खेल्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *