टिचर्स फुटसल प्रतियोगिताको उपाधि डाफोडिललाई

फागुन ४, काठमाडौं । डाफोडिलले सातौं विद्या संस्कार अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिताको उपाधि जितेको छ । 

अत्तरखेलस्थित विद्या संस्कार स्कुलमा भएको फाइनलमा डाफोडिलले भ्याली भ्यु इङलिस स्कुललाई ३–० गोलले पराजित ग¥यो । डाफोडिलका छेवाङ मोक्तानले २ तथा रामेश्वर थापा मगरले १ गोल गरे । डाफोडिलका रोशनराज पन्त ‘म्यान अफ द म्याच’ घोषित भए । उपाधिसंगै डाफोडिलले २० हजार नगद पुरस्कार पायो भने भ्याली भ्युले १० हजार नगद पुरस्कारमा चित्त बुझायो । 

विद्या संस्कार खेलकुद विभागद्वारा आयोजित प्रतियोगितामा डाफोडिलका छेवाङ मोक्तान उत्कृष्ट खेलाडी, विद्या संस्कारका रुविन श्रेष्ठ उत्कृष्ट गोलरक्षक, रिब्सका मिलन गुरुङ ‘मोस्ट प्रोमिसिङ प्लेयर’ र भ्याली भ्युका इत्ची महर्जन सर्वाधिक गोलकर्ता बने । बृहस्पति विद्या सदनले अनुशासित टिमको उपाधि हात पा¥यो । 

4.JPG

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज ढुंगाना, समाजसेवी विमल ठकुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा १३ पुरुष टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *