सिँचाईका इन्जिनियर दुईलाख घुससहित रंगेहात पक्राउ

२०७६ फागुन ८ गते

फागुन ८, काठमाडौं । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, पाटन बैतडीका निमित्त कार्यालय प्रमुख इन्जिनियर घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धन आयोले इन्जिनियर सुरेश राज भट्टलाई दुईलाख घुससहित पक्राउ गरेको हो ।
भट्टलाई चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी हाल उक्त सम्झौता गरिदिए बापत सेवाग्राहीसँग घुस माग गगरेको उजुरी एवं सूचनाको आधारमा आयोगले पक्राउ गरेको बताएको छ ।
null
इन्जिनियर भट्टलाई घुस बापतको रकम दुईलाख सहित उनकै कार्यालय स्थित निवासबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

२०७६ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित