…जब श्रीमतीको काटिएकाे टाउको बोकेर प्रहरी चौकी पुगे श्रीमान्

माघ १९, काठमाडौं । उत्तर प्रदेशको बाराबङ् जिल्लाका एक व्यक्ति आफ्नी श्रीमतीको काटिएको टाउको लिएर पूरा शहर घुमेपछि पुलिस थाना पुगेको भारतीय सञ्चार   माध्यमले उल्लेख गरेका छन् । 

आरोपीको पहिचान अखिलेश रावतको रुपमा भएको छ । 

श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना पुगेका व्यक्तिलाई देखेर सुरुमा पुलिससमेत आत्तिएको भारतीय संचार माध्यम भास्करले बताएको छ । स्रोतका अनुसार ती व्यक्तिले पुलिसलाई भने, ‘मैँले श्रीमतीको हत्या गरिदिए साहेब । मलाई पक्राउ गर्नुहोस् ।’ 

प्रहरीले उनको हातबाट टाउको लिन खोज्दा उनले भारतीय राष्ट्रगान र ‘भारत माता की जय’ को नारा लगाएको पुलिस अधिकारीले जानकारी दिए । 

मृतकका पिता गोबिन्दले दुई दिनअघि मात्रै ज्वाईंले आफ्नी छोरीलाई लगेको र उनको हत्या गरेको जानकारी दिए । उनले भने, ‘छोरीको तीन वर्षअघि विवाह भएको थियो । ६ महिना अघि उनीहरुको छोरी जन्मिएको थियो, जसको उनीहरुले घाँटी थिचेर हत्या गरेका थिए ।’ 

छोरीलाई धेरै पटक तान्त्रिक भएको ठाउँमा पुर्याइएको थियो ।   

गोबिन्दले भने, ‘ज्वाईंले सुनको सिक्री पाएका थिएनन् त्यसकारण उनी रिसाएका थिए । उनी पटक पटक सुनको सिक्री माग गरिरहेका थिए । तर जब उनले सुनको सिक्री पाएनन् तब छोरीको घाँटी नै काटिदिए ।’ 

उनका ज्वाईं कुनै तान्त्रिकको चक्करमा भएको पनि गोविन्दले आरोप लगाएका छन् । छोरीलाई थुप्रै पटक तान्त्रिक भएठाउँ पुर्‍याइएको पनि उनले जानकारी दिए । उनले भने, ‘यो घटनामा सबैको मिलेमतो छ । यहाँ सम्म कि छिमेकी पनि यो घटनामा संलग्न छन् । त्यसैले त आज सबैजना ताल्चा ठोकेर फरार भएका छन् ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *