स्तरीयतामा छलाङ मार्दै नोबेलः २ अर्बको लागतमा सुविधासम्पन्न कलेज भवन बनाउँने

माघ २१, बिराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले ठूलो रकम खर्चेर सुविधासम्पन्न कलेज भवन निर्माण गर्ने भएको छ । विद्यार्थीहरुको अध्ययन/अध्यापनलाई थप सहज बनाउँने उद्धेश्यले २ अर्बको लागतमा नयाँ स्तरीय कलेज भवन निर्माण गर्न लागिएको नोबेलले जनाएको छ । 

कञ्चनवारी स्थित कलेज परिषर भित्र निर्माण हुँने भवनमा सुविधा सम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, चमेनागृह लगायत रहनेछन् । त्यस्तै १ हजार जना अट्ने क्षमताको अडियोटोरियम हलसमेत रहनेछ । आगामी दुई बर्ष भित्र भवन निर्माण सम्पन्न हुँने नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । 

९ तला बन्ने उक्त भवन २ लाख २४ हजार स्क्वायरफिटको हुँनेछ । नयाँ स्तरीय भवन निर्माण हुँने भएपछि विद्यार्थीहरुलाई अध्ययनका लागि थप सहजता मिल्ने भएको छ । नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव २ हजार विद्यार्थी अध्ययनरत छन् । 

नोबेलमा ३२ करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरको बगैंचा र पार्किङ पनि निर्माण भइरहेको छ । स्तरीय स्वास्थ्य सेवा र गुणस्तरीय शैक्षिक वातावरणका हिसावले प्रतिष्ठित बन्दै गएको नोबेलले अरबौंको लगानी थपेर स्तरीयता बढाउँदै लगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 2 =