मलेसियाविरुद्ध सहज जित निकाल्ने लक्ष्यमा नेपाल

२०७६ फागुन १७ गते

फागुन १७, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी ईस्टर्न रिजन पुरुष टि-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा आज मलेसियासँग खेल्दैछ । खेल थाइल्याण्डको बैंककमा नेपाली समय अनुसार अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवातको लक्ष्यमा रहनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ । प्रतियोगिताको सबै भन्दा बलियो टोलीको रुपमा रहेको नेपाल आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो सुरूवात गर्ने लक्ष्यमा छ ।
उता मलेसिया पनि नेपाललाई प्रतियोगितामा मलेसिया पनि नेपाललाई हराएर सुखद सुरूवात गर्न चाहन्छ ।
हालसम्म टी-ट्वान्टीमा नेपाल र मलेसियाबीच ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी देखिन्छ । नेपालले ६ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।

२०७६ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित