अब ओली र दाहालको फोटो नेकपाको ब्यानरमा नरहने

माघ १९, काठमाडौं । सत्तारुढ नेकपाले अबदेखि कुनैपनि ब्यानरमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो नराख्ने भएको छ ।   

गएको बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । यो निर्णयसँगै अब कार्यक्रम आयोजना गर्दाखेरिका ब्यानरमा प्रम ओली र अध्यक्ष दाहालको फोटो रहने छैन । 

जारी केन्द्रीय कमिटीको बैठकको ब्यानरमा ओली, प्रचण्डको तस्विर राखिएकोमा नेताहरुले कडा आपत्ति जनाएका थिए । फोटोको विषयलाई लिएर नेकपामा पटक पटक विवाद हुँदै आएको थियो ।   

बैठकले अबदेखि कार्यक्रम गर्दा दिवंगत नेताबाहेक कसैको पनि फोटो नराख्ने निर्णय गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *