बाइकमा सवार बलिउड सोनाक्षी ट्रोलको शिकार

माघ १९, काठमाडौ । भारतकी चर्चित नायिका सोनाक्षी सिन्हा बाइक यात्रा गर्न निस्किएपछी ट्रोलको शिकार बन्न पुगेकी छिन् ।   

सोनाक्षीले मुम्बईको भीडभाड र ट्राफिकबाट बच्नका लागि बाइकको सहारा लिएपछी उनी ट्रोलको शिकार बन्न पुगेकी हुन् ।   

भारतीय संचार माध्यमका अनुसार उनले करिना कपुरको शो ह्वाट वुमन वान्ट्सको सुटिङमा पुग्नको लागि बाइकको साहरा लिएकी थिईन् तर उनी त्यही सहाराका कारण ट्रोलको शिकार बन्न पुगिन् ।   

आफ्ना दुई अंगरक्षकसहित बाहिर निस्किएकी सोनाक्षीका कारण सडकमा जामजस्तो स्थिती पैदा भएको थियो ।  जसका लागि ट्वीटरमा प्रशंसकले आफ्नो रिस समेत व्यक्त गरेका छन् । 

अहिले उनले सडकमा बाइक चलाएको उक्त तस्बिर र भिडियो सामाजिक संजालभरी निकै भाईरल भईरहेको छ । जसमा उनले हेल्मेट लगाएर बाइक चलाइरहेको देखिन्छ ।  उक्त भिडियोमा सोनाक्षीले मानिसहरुलाई बाटोमा भीड नगर्न समेत भनिरहेकी छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *