लेभान्टेसँग रियाल म्याड्रिड स्तब्ध, गुमायो शीर्षस्थानको अवसर

फागुन ११, काठमाडौं । रियाल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्षस्थानमा पुग्ने अवसर गुमाएको छ । शनिबार राति भएको खेलमा घरेलु टोली लेभान्टेसँग १-० ले स्तब्ध बनेपछि म्याड्रिडल स्पेनिस ला लिगाको शीर्षस्थानमा पुग्ने अवसर गुमाएको हो ।   

लेभान्टेको जितमा खेलको ७९ औ मिनेटमा जोसे लुईस मोरालेसले विजयी गोल गरे । हारसँगै रियालले शीर्षस्थानमा उक्लने अवसर गुमाउँदा शीर्षस्थानको बार्सिलोनासँग २ अंकले पछि परेको छ ।   

रियालको २५ खेलबाट ५३ अंक रहेको छ । उति नै खेलबाट बार्सिलोनाको ५५ अंक रहेको छ । रियाललाई पराजित गरेको लेभान्टे ३२ अंक जोडेर १०औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *