ईङ्लिस प्रियिमर लिग : नर्विचसँग लेस्टर स्तब्ध

२०७६ फागुन १७ गते

फागुन १७, काठमाडौं । ईङ्लिस प्रियिमर लिग फुटबलमा नर्विच सिटीले लेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा तालिकाको पुछारमा रहेको नर्विचले शीर्ष तीनको क्लब लेस्टरलाई १-० गोलले हराएको हो ।
खेलको ७० औ मिनेटमा जामल लुईसको गोल पाहुना टोली लेस्टरलाई स्तब्ध बनाउन पर्याप्त रह्यो । जीतसँगै तालिकाको पुछारमा रहेको नर्विचले २१ अंक जोडेको छ । लेस्टर ५० अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

२०७६ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित