बलात्कारको आरोपमा फेरि एक ‘बाबा’ पक्राउ


माघ २०, बरा । आईतबार बाराबाट बलात्कारको आरोपमा आफूलाई आशाराम बापुका चेला बताउने एक बाबालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बाराको कोल्हवी नगरपालिका वडा नम्बर ११ रमपूर्वाका १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा आशारामको चेला बताउने भारतीय नागरिक रामेश्वर शर्मालाई पक्राउ गरेकाे हो ।
विगत १५ वर्षदेखि कोल्हवी क्षेत्रमा बस्दै आएका ५५ बर्षिया शर्माले झारफुक गर्ने नाममा स्थानीयहरुलाई प्रभावमा पार्दै आईरहेको प्रहरीले जनाएको छ ।
झणडा बाबाको नामले चिनिने उक्त बाबाले पिडित बालिकालाई मन्त्र सिकाउने भन्दै बालिकालाई बालात्कार गरेको ईलाका प्रहरी कार्यालय कोल्हवीले जनाएकाे छ ।
पक्राउ परेका शर्मालाई नाबालिका करणी अभियोगमा फौजदारी अपराध सहिंता २०७४ अनुसार मुद्दा चलाउने ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख प्रहरी निरीक्षक बालिष्टर सिंहले जनाकारी दिए ।
