नेकपाले गठन गरेको संविधान संसोधन कार्यदल खारेज !

२०७६ फागुन १४ गते

फागुन १४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदललाई अगाडि नबढाउने निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न बनेको नेकपाको कार्यदललाई अगाडि नबढाउने निर्णय गरिएको हो ।
नेकपाको उक्त निर्णयको पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि बुधबार बसेको नेकपा सचिवालय बैठकले कार्यदललाई अगाडि नबढाउने निर्णय गरेको हो ।

२०७६ फागुन १४ गते
प्रतिक्रिया