ड्याट्सन गाडीको ‘हट डिल’ योजनाको १० बिजेताले घुम्न पाउने भए थाइल्याण्ड

 फागुन १३, काठमाडौं ।  ड्याट्सन हट डिल योजनाका बिजेता घोषणा गरिएको छ ।   

नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालीले दशैँतिहारको उपलक्ष्यमा नयाँ कार खरिद गर्ने सम्पूर्ण ग्राहकहरुमा ड्याट्सन हट डिल योजना ल्याएको थियो । सोही योजनाको बिजेताहरुको नाम घोषण गरिएको हो ।   

पायोनियर मोटो कर्प प्रालीले आफ्नो आधिकारिक शोरुम थापाथलीमा एक कार्यक्रम गरी  लक्की ड्रबाट कुल १ सय ५१ जनाबाट बिजेताहरुकाे नाम घोषणा गरेकाे हो ।   

यस योजना अर्न्तगत १०  जना भाग्यशाली बिजेताले थाइल्याण्डको भ्रमण गर्ने अवसर पाएका छन् । लक्की ड्रबाट छानिएका चित्रकला घिमीरे, मणि राई, अजय घिमीरे, निलध्वज इटानी, इश्वरराज ढकाल, डाक्टर वोयस अन्सारी, करण चौधरी, सुशिल अग्रवाल र विक्रम थापाले थाइल्याण्डको भ्रमण गर्ने अवसर पाएका हुन् ।   

त्यसगरी यस योजनामा अजयकुमार यादव, रुक्सान हक, विष्णु प्रसाद जैसी, लीला अधिकारी, सुमित्रा कुमारी भुषाल र विजेश्वर शाहले १०र१० ग्रामको सुनको सिक्का जितेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *