धरानमा १८ औं अन्नपूर्ण साँझ हुँदै


फागुन ९, धरान । धरान वडा न.१६ स्थित जनपथ जागरण समाजको आयोजना तथा अन्नपूर्ण युवा क्लबको संयोजनमा १८ औँं अन्नपूर्ण साँझ हुने भएको छ ।
यही फागुन १३ गते मंगलबार अन्नपूर्ण चौकमा हुन लागेको उक्त कार्यक्रममा राष्ट्रिय कलाकार शिव लामिछानेको प्रस्तुति रहने आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कलाकार लामिछानेलाई धरानका वल्किङ्ग क्लाउड व्याण्ड, इलुमिनेट व्याण्ड र फन्क फ्युजन डान्स सेन्टरले साथ दिनेछन् ।
विगत वर्षहरुमा तिहारको अवसर पारेर मनोरञ्जनका लागि मात्र आयोजना गर्दै आइरहेको साँझ यस पटक भने भिजिट नेपाल २०२० लाई लक्षित गर्दै पर्यटकिय स्थलहरुको प्रवद्र्धनका उद्देश्यका साथ आयोजना गर्न लागिएको अन्नपूर्ण युवा क्लबका अध्यक्ष किरण बराईलीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा वडा नम्बर १६ मा रहेका धार्मिक स्थलहरुः हारतिमाताको मन्दिर, सिवन चर्ज, कृष्ण मन्दिर, शैक्षिक स्थलहरुः नास्ट साइन्स कलेज, युएन होटल म्यानेजमेन्ट कलेज, सिदार्थ स्कुल, खेलकुद क्षेत्रमा धरान रंगशाला, झोलुङ्गे पुल लगायतको डकुमेन्ट्रि बनाई एलइडि मार्फत् प्रदर्शन गरिने छ ।
उक्त कार्यक्रम स्थानिय कलाकारहरुलाई आफ्नो कला देखाउने प्लेटफर्म हुने अन्नपुर्ण क्लबका उपाध्यक्ष गौतम खालिङ्ग बताउँछन् ।
मुख्य प्रायोजक शिवानि एयरलायन्स र सह प्रायोजकको रुपमा मेगामार्ट हार्डवेयर एण्ड सप्लायर्स रहेको कार्यक्रमको अघिल्लो दिन फागुन १२ गते ब्लड डोनेसनको कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।
