बाँस्कोटाले कमिसन खाएको प्रमाणित छैन : प्रधानमन्त्री


फागुन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बाँस्कोटाले कमिसन खाएको प्रमाणित नभएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित बागमती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले मन्त्री बास्कोटाले स्वीस कम्पनीबाट कमिसन खाएको प्रमाणित नभएको बताएका हुन् ।
उनले बाँस्कोटामाथि कमिसनको आरोप लागेकाले उनले पद छाडेर छानबिनका लागि बाटो खोलिदिएको पनि बताए।
null
उनले भने ‘गोकुल बाँस्कोटाले कमिसन खाएको प्रमाणित छैन, स्वीसवाला कम्पनीले पनि होइन भनेको छ, कमिसनको बार्गेनिङ गरेका विजयप्रकाश मिश्र पनि आफूहरुको एजेन्ट नभएको दूतावासले भनिसकेको छ, आफ्नो नाममा बात लागेकाले उनले राजीनामा गरेको हो।’
‘उनीमाथि भ्रष्टाचार गरेको प्रमाणित भएझैँ गरेर अशिष्ट टिप्पणी गरियो। दोष अनुसारको सजाय भोग्छन् गोकुलले तर अहिले उनीमाथि आरोप पनि छैन, मुद्दा पानि चलेको छैन’ उनले भने ।
सेक्युरिटी प्रिन्टर प्रकरणमा भ्रष्टाचार गरेको भन्दै आफूविरुद्ध पनि अख्तियारमा उजुरी परेको भन्दै उनले ‘मेरो पनि नाममा उजुरी हालेको रहेछ अख्तियारमा, त्यो उजुरी काम नलाग्ने पत्रु उजुरी हो भन्ने स्वतःसिद्ध भएको छ’ भने।
ओलीले जनताले सरकारको प्रशंसा गरिरहँदा पार्टी भित्रै देवत्वकरण गरियो भन्दै आलोचना गरिएको बताए । उनले भने, ‘जनताले मेरो प्रशंसा गर्दा पार्टी भित्रै देवत्वकरण गरियो भनेर आलोचना भयो, जनताले अलिकति राम्रो गरेको छ है भन्दा पार्टीमा खेद्ने काम भयो।’
