अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गाना तथा नाडा प्रतिनिधि मण्डलबीच छलफल

 फागुन ८, काठमाडाैँ । बिहिबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा  गएको १० सदस्यीय नाडा प्रतिनिधि मण्डलले अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानासंग छलफल गरेको छ ।   

उक्त छलफलमा  फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे छलफल गरेको नाडाले जनाएको छ । छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले हालै राजश्व सचिवबाट अर्थ सचिवमा पदोन्नती भएका शिशिर ढुङ्गानालाई बधाई तथा शुभकामना दिएका छन्  । 

नाडाका उपाध्यक्षद्धय करण चौधरी र आकाश गोल्छाले अटोमोवाइल व्यवसायमा हाल देखा परेका समसामयिक समस्याहरु बारे आ-आफनो धारणा छलफलमा राखेका थिए ।   

यस छलफल कार्यक्रममा  महासचिव सुनिल रिजालले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउने बारे पनि आफनो धारणा राखे ।  सचिव ढुङ्गानाले भन्सार, VCTS र करका सम्बन्धमा नाडाले प्रशिक्षण कार्यक्रम संञ्चालन गरिरहेकोमा धन्यवाद दिदैँ त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने आस्वाशन समेत दिएका थिए  ।   

छलफलमा अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निराकार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।                                                                                                                                                                    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *