गुणस्तरीय शिक्षाका लागि भौतिक संरचना परिवर्तन गर्न आवश्यक

फागुन १५ कैलाली । कैलाली क्षेत्र नं २ प्रदेश सभा ख का सांसद नन्द बहादुर साउदले विद्यार्थीले अब घाम पानीको समस्या झेल्नु नपर्ने बताएका छन् । विहिबार कैलालीको बसन्त मुरारी मा वि बौनियाको ४ कोठे पक्की भवनको शिलन्यास गर्दै सांसद साउदले यस्तो बताएका हुन् ।   

सांसद साउदले शिक्षा क्षेत्रका लागी आफु निरन्तर लागी रहेको बताउँदै विद्यालयमा भएका समस्याले गर्दा विद्यार्थीको पढाइमा असर पुग्ने भएकाले अव पक्की भवनको विकास हुँदै जाने बताए । उनले भने अब विदयार्थीले चुहिने कोठामा नभएर पक्की भवनमा बस्न र पढन पाउने छन् । शिक्षा क्षेत्रको गुणस्तर बढाउन भौतिक संरचना परिवर्तन गर्न अवश्यक छ ।   

उनले सामाजिक विकास मन्त्रालयबाट विनियोजित ३८ लाख बजेटबाट बसन्त मुरारी मा वि मा सो भवन बन्न लागेको बताए । अबको २ वर्षमा आफनो निर्वाचन क्षेत्रको शिक्षा, स्वास्थ्य,खानेपानि र कृषिका क्षेत्रमा भएका समस्याको समाधन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।  साथै सुदुर पश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले मोहन्याल मा वि बास्कोटीमा कम्प्युटर ईन्जिनियर पढिरहेका छात्राहरुको आवासका लागि ७० लाख बजेट विनियोजित गरेको समेत बताए । 

यस्तै, आफनो प्रदेश सभा ख का विभिन्न विद्यालयमा पक्की भवनका लागिसमेत बजेट विनियोजित गरेकोबताए । राष्ट्रिय आधारभुत विद्यालय चोसेकाँडा मा १८ लाख, नवदुर्गा आधारभुत विद्यालय ताम्चामा पक्की भवनका लागी १८ लाख, शान्ती मा वि फल्लेविसौनामा घेर पर्खालका लागि ५ लाख र जगन्नाथ प्रा वि निमुवाबोझीको घेर पर्खालका लागि ५ लाख बजेट विनियोजित गरेको बताए ।   

उनले प्रत्येक वडामा स्वास्थ्य ईकाई स्थापना गर्ने उद्देश्यले आफनो क्षेत्रमा भएका १६ वटा वडा मध्य ८ वटा वडामा स्वास्थ्य ईकाईको काम अगाडी बढीरहेको समेत बताए । बर्दगोरीया गाउपालिकामा रहेको दोदोधरा स्वास्थ्य चौकीमा २५ लाख बजेट विनियोजित भईसकेको र अवको केहि महिनामा बर्थिङ सेन्टर स्थापना हुने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *