सडकका इन्जिनियर र सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

२०७६ माघ २१ गते

माघ २१, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहान सिरहाका इन्जिनियर नविनकुमार साह र सब–इन्जिनियर विरेन्द्रकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीबाट पन्ध्र लाख छयानब्बे हजार घुस माग गरेको अरोपमा दुवैलाई नियन्त्रणमा लिएको हो
उनीहरु दुबैजनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि हुन आएकोले पन्ध्र लाख छयानब्बे हजार बिगो कायम गरी भ्रटाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुने गरी विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
null

२०७६ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित