न्युजील्याण्डविरुद्धको टेस्टमा भारत १६५ रनमा अल आउट

२०७६ फागुन १० गते

फागुन १० काठमाडौं । न्युजील्याण्डविरुद्धको टेस्टमा भारत १६५ रनमा अल आउट भएको छ । खेलको पहिलो दिन ५ विकेट गुमाएको भारतले दोस्रो दिन केवल ४३ रन थप्दा बाँकी ५ विकेट गुमाएको हो ।
पहिलो दिनको खेल बर्षाले प्रभावित हुदा भारत ५५ ओभरको मात्र खेल खेल्दै खराब शुरुवात गर्दै ५ विकेट गुमाएर १२२ रन बनाएको थियो । दोस्रो दिन भारत १६५ रन बनाउदा अल आउट भएको हो । भारतका लागि उपकप्तान आजिख्य रहानेले सर्वाधिक ४६ रन बनाए भने रिषव पन्त १९ रन बनाएर आउट भए ।
न्युजील्याण्डका लागि यसै टेस्टमा डेभ्यु गरेका २५ बर्षिय कील जामिएसनले उत्कृष्ट शुरुवात गर्दै पहिलो इनिंगमा ४ विकेट लिएका छन् । अब न्युजील्याण्डले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको छ ।

२०७६ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित